२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजी क्षेत्रमा काम गर्ने कामदारले अब यसरी पाउनेछन् जीवनभरी पेन्सन

२०७५, ८ मंसिर शनिबार ०२:३५

मङ्सिर ८, काठमाडौँ | अब निजी क्षेत्रमा कार्यरत श्रमिकहरूले समेत अवकाशपछि जीवनभर निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि आगामी मंसिर ११ बाट शुभारम्भ गर्न लागिएको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको तयारी पुरा भएको जानकारी दिएको हो । 

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सामाजिक सुरक्षा कोषबाट सञ्चालन हुने कार्यक्रमको आगामी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट विधिवत रुपमा शुभारम्भ गर्ने तयारी गरिएको छ । त्यसमा निकै महत्वपूर्ण मानिएको निजी क्षेत्रमा कार्यरत श्रमिकहरूको पेन्सन सुविधाका लागि श्रमिकहरूले जागिर अवधिभर आफ्नो मासिक पारिश्रमिकबाट निश्चित रकम (कोषमा श्रमिक र रोजगारदाताले आधारभूत तलबको ३१ प्रतिशत रकम जम्मा गर्नुपर्नेछ ।) सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्नेछ भने रोजगारदाता कम्पनीले निश्चित रकम कोषमा जम्मा गर्दै जानुपर्नेछ । यसैको आधारमा श्रमिकहरूले जागिरबाट अवकाश पाएपछि सामाजिक सुरक्षा कोषबाट मासिक रूपमा आजीवन पेन्सन पाउने छन् । 


साथै सोहि कोषबाट श्रमिकहरूले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा स्किमअन्तर्गत सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् । यी सेवाहरु प्रदान गर्न मंसिर ६ देखि रोजगारदाता र योगदानकर्ताको सूचीकरण समेत सुरु भएको छ । 

रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत काट्नेछन् भने त्यसमा थप २० प्रतिशत थपेर कोषमा जम्मा गरिदिनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो