१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विकास निर्माणलाई अभियानकै रूपमा लैजानुपर्छ: तिमिल्सिना

८ मंसिर २०७५, शनिबार ०६:३८

मङ्सिर ८, पर्वत | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । 

शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै रूपमा भौतिक पूर्वाधार, सडक, विद्युत्, खानेपानी, सिँचाइजस्ता कुराको विकासलाई लैजानुपर्ने सुझाव दिनुभयो । 

उहाँले यो कार्यकाललाई ऐतिहासिक र मुलुक निर्माणका लागि नमूना बनाउन सरकारले महत्वपूर्ण योजना अघि सारेको बताउँदै अब नेपाली नागरिक पछुताउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष तिमिल्सिनाले पर्वतका गाउँगाउँमा कच्ची सडक पुगेको बताउँदै पाँच वर्षभित्रमा सबै सडक कालोपत्रे गर्नका लागि तीनै तहका सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । शुक्रवार महाशीला गाउँपालिकामा आउनुभएका अध्यक्ष तिमिल्सिना विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार