२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महासचिव विरुद्ध अविश्वासको प्रस्ताव पेश

२०७५, ८ मंसिर शनिबार ०८:१०

विमल धामी | मंसिर ८, कञ्चनपुर | कञ्चनपुरको महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रीय समितिका महासचिव विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अविश्वासको प्रस्ताव पेश गरिएको छ ।

शुक्रवार उक्त समितिको साधारण सभा चलिराखेकै बेला सदस्यहरु र अन्य पदाधिकारीहरुले अविश्वासको प्रस्ताव पेश गरेको हो । महाकाली सिंचाई द्धितिय चरण क्षेत्रीय समितिका महासचिव तथा नेपाली कांग्रेस बेलडांडी गाउँपालिकाका सभापती हर्कदेव जोशीले आर्थिक अनियमितता, संस्थाका श्रोत साधनको दुरुपयोग गरेको, संस्था भित्र पार्टीगत क्रियाकलापमा संलग्न रहेको, झर्ना खोलाको आर्थिक तथा भौतिक सामग्रीमा पारदर्शीता नगरेको, आन्तरिक मिलेमतोमा कोटेशनमा काम गरेको,  संस्थाको लक्ष्य विपरित स्वार्थगत कार्य गरेको भन्दै १० बुदे कारण सहित अविश्वासको प्रस्ताव पेश गरिएको छ । 

कुल ५६ जनालाई मताधिकार रहेको संस्थामा दुईतिहाई बहुमतले अविश्वासको प्रताव अध्यक्षलाई बुझाउदै विधान बमोजिम महासचिवलाई वरखास्त गर्न दवाव दिईएको छ । उक्त प्रस्ताव पेश गर्दा आफै कार्यक्रम संचालक रहेका महासचिवले कार्यक्रम पनि भाडेको सहभागिहरुले बताएका छन् । साधारण सभामा आर्थिक प्रतिवेदन पेश नगरिएको, मनोगत तरिकाले कार्य गर्नखोजको समेत आरोप लागाईएको छ ।

 झरनाखोलाका स्थानीय नागरिकहरुले झर्नाखोलामा ८५ लाखको कार्य भएको भन्ने ठाउँमा १५ लाख जति कार्य भएको बाकी सबै रकम महासचिवले खाएको आरोप समेत लगाउदै स्टमेट अनुसार कार्य नगरेको बताए । यस्ता घुसखोरी पदाधिकारीहरुलाई बरखास्त गर्न झर्नाखोला पिडितहरुको माग पहिले देखि रहेको श्रोतले जनाएको छ । दुधको दुध पानीको पानी हुनेमा झरनाखोला पिडित आशावादी रहेका छन् । जोशीको कार्यशैली, नियत पहिले देखिनै खराब रहेको अविश्वासको प्रस्तावकारीहरुले बताएका छन् ।

महासचिव हर्क देव जोशीले भने “ आफुलाई पुर्वाग्रह ढंगले लालचना लगाएको बताउनु भयो ।” आफुले पुर्व समितिले गरेका कार्य बारे खोतल्दा, योजना परियोजनाको बारेमा बुझन् खोज्दा, सबै गलत कर्तुत बाहिर आउने भएकोले आफुले कल्पना समेत नगरेका आरोप लगाएको जनाए । उनले भने ६०५०० हेक्टरमा पुर्व समितिले सिंचित गरेको दावी गर्दै आएको तर हामीले हेर्दा २०० हेक्टरमा समेत पानी नपुगेको दावी गरे । अविश्वासको प्रस्ताव पेश गर्न कृत हस्ताक्षण र डर धम्काई गरेको समेत आरोप लगाए । आफुले जनसरोकारका सबै विषयमा पारदर्शीता हुनुपर्छ भन्ने बेला, पुराना गरेका कर्तुत खुल्ने डरले यस्तो सडयन्त्र गरेको उनको दावी रहेको छ । यो सडयन्त्र कसले किन गरे भन्ने कुरा एक दुई दिनमा बाहिरिने समेत दावी गर्नु भयो । आफु अध्यक्ष मातहतको भएको र अध्यको सल्लाहले सम्पुर्ण कार्य गर्ने गरेको जनाउनु भयो । केहि दिनमै विशेष समितिको बैठक बोलाईने जानकारी जोशीले गराउनु भयो । समितिका अध्यक्ष बिर बहादुर बडवाल यो विषमा केहि बोलेका छैनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो