मङ्सिर ८, काठमाडौं | काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा छुरा प्रहारबाट दुई युवा घाइते भएका छन् ।
दुबैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको मात्र नाम खुलेको छ | नाम खुलेका अनिल श्रेष्ठ छन् भने र अर्का घाइतेको परिचय खुल्न बाँकी छ । उनीहरु अन्दाजी २० वर्षका छन् ।
शनिबार दिउसो १ बजेतिर भएको यस घटनाको कारण भने अझै पत्ता लागेको छैन । प्रहरीले अनुसन्धान गर्ने बताएको छ । स्थानीय प्रतक्षदर्शीका अनुसार दुई घाइते दौडँदै आएर सडकपेटीमै लडेर बेहोस भएका थिए ।
त्यसपछि स्थानीय पसलेहरुले प्रहरीलाई खबर गरी घाइतेलाई अस्पताल पठाएका हुन् । सोही क्षेत्रमा यसअघि पनि पटक पटक सामूहिक झगडा हुने गरेको स्थानीयहरु बताउँछन् ।