२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रेग्मीको ‘हरितारा’ खण्डकाव्य विमोचित

९ मंसिर २०७५, आईतवार ०८:४५

मङ्सिर ९, पर्वत (रासस) | कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताउनुभयो । 

गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विखण्डन बढेको, धार्मिक र सांस्कृतिक विचलन आउँदै गरेका कारण बसाइँसराइ र वैदेशिक रोजगारीमा नगई गाउँघरमा नै उद्यम तथा मेहनत गर्न यो काव्यले सन्देश दिएको छ । हरि र तारा पात्रमार्फत जन्मभूमिको माया जगाउन रेग्मीले प्रयास गर्नुभएको छ । 

‘गाउँका जग्गा, अन्नका रास, खेत र बारी 

जन्मेको भूमि मुटु झै प्यारो, हे मेरी पियारी’ 

पर्वतलाई कर्मक्षेत्र बनाएर लेखन कर्म गर्दै आउनुभएका रेग्मीले यसअघि ‘बेलूराम’ खण्ड काव्य प्रकाशित गरिसक्नुभएको छ । ‘बेलूराम’ खण्डकाव्यलाई दोस्रो ‘मुनामदन’ को रुपमा चर्चा गरिएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमीरेले पनि बेलूरामलाई दोस्रो मुनामदन भन्नुभएको थियो । 

पुस्तक विमोचन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मुलुक निर्माणका लागि आफ्ना पाखा पखेरालाई हराभरा बनाउने र गाउँमै बसेर पनि आम्दानी गर्न सकिन्छ, भन्ने सन्देश खण्डकाव्यले दिएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारी नेपालीको बाध्यता भए पनि अब विदेशमा आर्जन गरेको सीप र पूँजीलाई देश विकासमा लगाउन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान