२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुर जिल्ला प्रहरी कार्यालयको दादागिरी: सुचना लुकाउदै प्रहरीका हाकिम साब !

२०७५, ९ मंसिर आईतवार १०:४२

भाष्कर के.सी. | मङ्सिर ९, कञ्चनपुर | असोज ३ गते भीनपा वार्ड ६ बनगाँउ बस्ने दिप चन्द  र अर्को  छिमेकी चक्र बहादुर चन्द  विच आपसि बिवाद भै जिल्ला प्रहरी कार्यालय कचनपुरमा मिलापत्र भएको थियो । सो मिलापत्र भै सकेपछि दिप चन्दले असोज ४ गते मिलापत्रको प्रतिलिपी सुचना उपलब्ध गराइ दिनभनी जिप्रका कंचनपुरमा निवेदन दिए, जिल्ला प्रहरी कार्यालयले ठाडो उजुरी दर्ता नं. ५३२ का रुपमा निवेदन बुझयो तर प्रतिलिपि दिएन किन दिएन भनेर सोद्धा निवेदनमा प्रक्रिया नपुगेकोले पुनः दिन लगाइयो तर दोस्रो निवेदन  जिल्ला प्रहरी कार्यालयले दर्ता नै गर्न मानेन् त्यसपछी चन्द प्रहरी प्रधानकार्यालय समेत पुगे प्रधान कार्यालयले जिल्लामा जानुस पाउनु हुन्छ भनेर फिर्ता पठायो ।

यति गर्दा पनि प्रतिलिपी नपाएपछि चन्द सुचना आयेगमा पुगे सुचना आयोगमा ८८१/०७५/७६/२८ नम्बरमा निवेदन दर्ता गरे । सुचना आयोगले जिल्ला प्रहरीकार्यालयलाई ताकेता गर्यो  । तर पनि सुचना दिन जिल्ला प्रहरी कञ्चनपुरले  आनाकानी गरीरहेको छ ।

केही दिन अगाडी सुदर दर्पण पत्रीकाले जिल्ला प्रहरी कार्यालयले किन सुचना लुकाएको भनि जिल्ला प्रहरी प्रमुख एस पि कुवेर कडायत लाई सोद्धा चन्द सम्र्पकमा नआएको सम्पर्कमा आए सुचना दिने बताएका थिए । त्यसपछी चन्द आपसि सहमतीको प्रतिलिपि माग्न कयो पटक जिप्रका पुगे तर प्रहरीले कहिले एस.पी, डिएसपी त कहिले फाँटमा भेट्ने भन्दै, मिलापत्रको प्रतिलिपी दिन आनाकानी गरिरहेको छ । 


जिल्ला प्रहरी प्रवक्ता कृष्ण राज ओझा लाई सम्पर्क गरि मागेको सुचना किन दिनु भएन भनेर सोद्दा सहमति भयो कि भएन  मलाइ थाहा छैन,  सहमती भएको भए अद्दा अदालतमा मुद्धा चलेमा मात्रै दिन यसरी सरकारी कागजात हात हातमा दिन मिल्दैन भने । सुचना आयोगले, राष्ट्रिय हितलाई खल्बल्याउने,  अपराधी पत्ता लगाउन बाधा पुग्ने, कानुन सम्मत व्यावसायीक प्रतिस्पधामा हस्तक्षेप हुने,  जातीय सम्प्रदायीक झगडा हुने र गोपनीयताको अतिक्रमण हुने बाहेकका सुचना दिन मिल्ने भनी प्रष्ट किटान गरेको अवस्था छ तर पनी जिल्ला प्रहरी कार्यालय कंचनपुरले यस बहेकका सुचना दिन मान्दैन, जुन आपसी पडोसि विच भएको  मिलापत्रको प्रतिलिपि पनि दिन मान्दैन् । पिडित दिपचन्दले भने यदि सुचना दिन नमल्निे भए मैले दिएको निवेदन उपर कार्वाही गरी दिपचन्द लाई यति कारणले प्रतिलिपि दिन सकिदैन भनेर जिप्रकाले लेखेर दिनु पर्ने थियो तर प्रहरीले त्यो पनि दिन नमानेकोले आफु   प्रहरी प्रति ससंकित भएको बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी