२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली शिक्षक चिनियाँ संस्कृति सिक्दै

२०७५, ९ मंसिर आईतवार १२:३०

मङ्सिर ९, काठमाडौँ (रासस) | कलङ्कीस्थित लर्निङ रियल्म, इन्टनेशनल (एलआरआई) विद्यालय परिसरमा अहिले देशका विभिन्न विद्यालयका शिक्षक चिनियाँ भाषा, साहित्य तथा संस्कृति सिक्दैछन् । 

सम्बन्धित विद्यालयका शिक्षकले त्यहाँको संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषाको दीक्षा लिएपछि नयाँ संस्कृतिलाई आफ्ना विद्यार्थीलाई बुझाइने उनीहरुको तयारी छ । 

चीन सरकारको सहयोगमा गत कात्तिक २७ गतेदेखि यही मङ्सिर ११ गतेसम्म सञ्चालन गरिएको उक्त कक्षामा काठमाडौँ उपत्यका र धादिङका विभिन्न सामुदायिक र निजी गरी ६० विद्यालयका करीब १५० शिक्षक सहभागी छन् । शिक्षण अवधि छोटो भएका कारण सोहीअनुसारका पाठ्यक्रम विकास गरिएको छ भने चिनियाँ विज्ञले दैनिक जीवनमा प्रयोग गरिने भाषा, चिनियाँ कला, साहित्य र संस्कृतिको परिचयका साथै मनोरञ्जनका विविध पक्षलाई सिकाएका छन् । 

सहभागी शिक्षक चूडामणि सुवेदीले भाषाको अज्ञानले धेरै कुरा सिक्न कठिनाइ हुने भए पनि चिनियाँ संस्कृतिका नयाँ ज्ञान उपलब्ध भएको बताउँदै त्यहाँ जानेका शिक्षण शैलीलाई कालीमाटीस्थित जनप्रभात माविका शिक्षक तथा विद्यार्थीकाबीच अनुभव आदानप्रदान गर्ने बताउनुभयो । 

आर्थिक विकास र समृद्धिले अहिले विश्वको ध्यान खिचेको अवस्थामा उनीहरुले चीनका साहित्य, मौलिक परम्परा, सभ्यताबारे विश्वका धेरै स्थानबाट यस किसिमको शिक्षा तथा संस्कृति आदानप्रदान थालेका छन् । चिनियाँ सरकारले नेपालका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । 

एलआरआई विद्यालयका अध्यक्ष शिवराज पन्तले भाषाका माध्यमबाट विभिन्न विद्यालयका शिक्षकको क्षमता अभिवृद्धि, सामाजिक सेवा, प्रविधिको ज्ञान उपलब्ध गराउन चीनले गरेको सहयोगको सराहना गर्दै ग्रामीण भेगका शिक्षकलाई समेत यस किसिमको प्रशिक्षण दिन सकेमा विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । 

कन्फ्युसियस कक्षा समेत सञ्चालन गरेको उक्त विद्यालयले विभिन्न मुलुकका विद्यालय तथा शिक्षण संस्थासँग सहकार्य गरी सांस्कृतिक आदानप्रदान कार्यक्रममा गर्दै आएको छ । देशमा राजनीतिक व्यवस्था पारदर्शी भएमा समाजका सबै पक्ष सुदृढ हुने विश्वासका साथ विद्यालयले संसद् कक्ष निर्माण गरेको छ । देशभरका सबै जिल्लाबाट विद्यार्थीको त्यहाँ प्रतिनिधित्व गराई संसद्को अभ्यास गराउने तयारी गरिएको छ । 

यस किसिमका संस्कृति तथा भाषाका माध्यमबाट स्वदेशमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा उचित वातावरण मिल्ने विश्वास लिइएको छ । उक्त विद्यालयमा सिकाइएका विषयवस्तुको परीक्षा लिएर उत्कृष्ट विद्यार्थी छनोट गरी चीनमा उच्च तहको भाषा र संस्कृति सिकाउन पठाइने छ । 

एलआरआई विद्यालयका प्राचार्य देवकान्त जोशीले परम्परागत शिक्षा प्रविधि ठीक नरहेकाले विद्यार्थी तहदेखि नै गुणात्मक परिवर्तन गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै उक्त प्रशिक्षणबाट शिक्षक तथा विद्यार्थी लाभान्वित हुने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो