२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनामा विभिन्न पदहरुमा ३८ सय भर्ना आह्वान (हेर्नुहोस् विज्ञापनसहित)

२०७५, १० मंसिर सोमबार ०५:५७

मंसिर १०, काठमाडौं । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा भर्ना खुलेको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन (ब्रास ब्याण्ड), बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना आह्वान गरेको हो ।

उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।

यसैगरी पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा दरखास्त दिन सकिन्छ ।

दरखास्त दिने म्याद आज मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । त्यसपछि दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।

हेर्नुहोस् भर्नाको सूचना


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो