२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’डिभिजन लिग: आज दुई खेल हुँदै

२०७५, ११ मंसिर मंगलवार ०६:२८

मङ्सिर ११, काठमाडौं | शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुईवटा खेलहरू हुँदैछन् । लिगको चौथो चरणअन्तर्गतका खेलहरू चलिरहँदा एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज युथ क्लब र सरस्वती युथ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । 

पहिलो खेलमा सङ्कटासँग अन्तिम समयमा १–० गोल अन्तरले पराजित भएको सरस्वती युथ क्लब दोस्रो खेलमा हिमालन शेर्पासँग सोही गोल अन्तरमा पराजित भएको थियो भने तेस्रो खेलमा फ्रेन्ड्सविरुद्ध ३–० को जित निकालेको थियो । तीन खेलबाट समान तीन अङ्क जोडेका सरस्वती युथ र ब्रिगेड ब्वाइज गोल अन्तरका आधारमा क्रमश नवौँ र दशौँ स्थानमा छन् । 

सोही मैदानमा आजै हुने दोस्रो खेलमा लिगमा अपराजित टोली मनाङ मस्र्याङ्दी क्लब र लिगमा कमजोर प्रर्दशन गरिरहेको एपिएफविरुद्व खेल हुनेछ । लिगमा शतप्रतिशत जीत निकाल्ने मनाङ एक्लो टोली हो । एपिएफले एक हार, एक बराबरी र एक जितको नतिजा निकालेको छ । तेस्रोचरणको खेलमा उपाधि दाबेदार थ्रीस्टार क्लबलाई पराजित गरेको मनाङले त्यसअघि एनआरटी र ब्रिगेड ब्वाइजलाई पराजित गरेको थियो । 

एपिएफले पहिलो खेलमा हिमालयन शर्पासँग गोलरहित बराबरी खेलको थियो । दोस्रो खेलमा फ्रेन्ड्सविरुद्व जित निकालेको एपिएफ तेस्रो खेलमा ब्रिगेड ब्वाइजससँग पराजित हुन पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो