२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रचण्डलाई… खुकुरी आक्रमण’ शिर्षकमा समाचार अपडेट गरेको बिषयलाई लिएर पत्रकार चन्द पक्राउ

२०७५, ११ मंसिर मंगलवार १०:३०

मङ्सिर ११, काठमाडौँ | प्रचण्डलाई चितवनमा खुकुरी आक्रमण गरेको शिर्षकमा समाचार अपडेट गरेको बिषयलाई लिएर पोस्टपाटि डटकमका सम्पादक गोपाल चन्दलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले तारकेस्वर नगरपालिका स्थित मनमैजुबाट पक्राउ गरेको हो । 

मङ्सिर ६ गते 'मिरमिरे अनलाइन' ले 'प्रचण्डलाई चितवनमा स्थानीयले गरे कार्यक्रममै खुकुरी आक्रमण' भन्ने शिर्षकमा समाचार अपडेट गरेपछि त्यसैलाई पोस्टपाटी डटकमले साभार गर्दै समाचार अपडेट दिएको थियो । 

पोस्टपाटि डटकममा 'जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास' भन्ने शिर्षकमा समाचार अपडेट भएपछि उक्त समाचारलाई लिएर प्रहरीले पछिल्लो तीनदिनदेखि प्रहरीले खोजि गरेको थियो । 

उक्त अनलाइनका प्रधानसम्पादक गोपाल चन्दले आफ्नो अनलाइनमा उक्त समाचार मिरमिरे अनलाइनबाट साभार गरेको बताएका छन् । पक्राउ पर्नु अघि चन्दले भनेका थिए 'हामीले उक्त समाचार स्रोत सहित खुलाएर अनलाइनमा हालेका हौँ । तर खै किन प्रहरीले मलाई खोजिरहेको छ ।' 

पत्रकार चन्द आज दिउँसो करिव १ बजे पक्राउ परेका हुन् । उनलाई साइबर क्राइम अन्तर्गत बिषयलाई लिएर अनुसन्धानका लागि महानगरीय अपराध शाखा अन्तर्गत टेकु लगिएको बुझिएको छ ।

पोस्टपाटी डट कम प्रेस काउन्सिल नेपालको १२५२ नम्बरमा दर्ता रही संचालनमा रहेको अनलाइन हो । प्रेस काउन्सिलमा सुचिकृत भई संचालनमा रहेको अनलाइन मिडियामा प्रकाशित समाचारको बिषयमा प्रहरीले प्रेस काउन्सिललाई निवेदन दिनुपर्ने हुन्छ । तर यस बिषयमा प्रहरीले प्रेस काउन्सिलमा कुनै निवेदन नदिएको काउन्सिलले जनाएको छ । 

पत्रकार चन्दलाई प्रचण्डकै बिषयमा समाचार लेखेको आधारमा पक्राउ गरेको प्रहरी महाशाखा टेकुले जनाएको छ । उनि विरुद्ध अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो