८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दिप लामिछानेलाई टी–१० मा ब्याडलक: १२ बल खेल्दा ७ छक्का !

१३ मंसिर २०७५, बिहीबार १४:२८

मङ्सिर १३, काठमाडौँ | यूएईमा जारी टी–१० क्रिकेट अन्तर्गत नर्दर्न वारियर्सविरुद्धको खेलमा नेपाली युवा बलर सन्दीप लामिछानेको पर्दर्शन निकै खराव बनेको छ । 

खेलमा पहिलो ओभर बलिङ गरेका सन्दिपले १ ओभरको खेलमै २२ रन दिए । उनले क्रमश: ६, ६, २, ६, १, १ रन बनाउन दिएर नर्दर्न वारियर्सलाई २२ रन जोड्न दिए । सन्दिपले रन मात्र धेरै दिएनन् – पहिलो ओभरकै खेलमा निकोलस पूरनको क्याच समेत गुमाउन पुगे ।


त्यसपछि पुन: अर्को ओभरको खेलमा बलिङ गर्न आएका सन्दिपले क्रमश: ६, ६, ६, १, ६, ० का दरले २५ रन बनाउन दिए । यसरी खेलमा १२ बल प्रहार गर्ने क्रममा सन्दिपको बलिङबाट नर्दर्न वारियर्सले ७ छक्का प्रहार गर्दै बिना विकेट कुल ४७ रन बनाइदियो । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केरलाले निर्धारित १० ओभरमा २ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । १०२ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नर्दर्न वारियर्सलाई सन्दिप एक्लैले २ ओभरमै ४७ रन दिएपछी लक्ष्य पुरा गर्न निकै सहज भईदियो । 


नर्दर्न वारियर्ससँग खेल हारेसँगै संदिपको टिम केरलालाई प्लेअफमा पुग्न निकै कठिन भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा