८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मिर्चैया: टी–२० क्रिकेटको उपाधि सिरहा एकेडेमीको कब्जामा

१५ मंसिर २०७५, शनिबार १५:५७

राम नारायण पंडित | मङ्सिर १५, सिरहा | सिरहाको मिर्चैयामा सम्पन्न टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहा एकेडेमीले कब्जा गरेका छन् । बिजयादशमी, शुभदिपाबली तथा छठ पर्बको अबसरमा आयोजित अन्तर–जिल्ला स्तरीय टी–२० प्रिमियर लिग (एमपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शनिवार) सम्पन्न फाइनल खेलमा सिरहा एकेडेमीले महेन्द्रनगर क्रिकेट टिमलाई ४ बिकेटले पराजित गर्दै बिजयी भएका छन् । 

टस जितेर पहिला ब्याटिंग गरेको महेन्द्रनगर टिमले १८ ओभरमा अलआउट हुँदै ६४ रन बनाएको थियो । जबाफमा ६५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेका सिरहा एकेडेमीले १८.५ बल खेल्दै ६ बिकेटको क्षतिमा लक्ष्य हासिल गर्दै बिजयी भएका छन् ।  


मिर्चैया नगरपालिका बडा नं. ५ स्थित मोहन माबिको मैदानमा भएको खेलमा बिजेता टिम सिरहा एकेडेमीलाई मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादबले २५ हजार रुपैया नगद र ट्रफी प्रदान गरेका थिए । त्यसैगरी उपबिजेता टिम महेन्द्रनगरलाई माँ अम्बे ट्रेडर्स एण्ड ग्लोबल ट्रेडिङ मिर्चैयाका संचालक लालबाबु साहले १५ हजार नगद र ट्रफी प्रदान गरेका थिए ।

पुरस्कार बितरण गर्दै मेयर यादबले नगरमा खेलको बिकासकालागि  मिर्चैयामा प्रदेश स्तरका खेलकुद आयोजना गर्ने उद्घोष गरेका छन् । कार्यक्रममा बडा नं. ४ का बडा अध्यक्ष दिनेश कुमार यादब, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह लगायत स्थानियबासी, ब्यापारी, खेलप्रमी लगायतका उल्लेखनिय उपस्थित रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ