2026-09-13 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाबाट नेकपाको प्रदेश सदस्यहरु: पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना

मङ्सिर १६, रोल्पा (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् । 

पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्तीमगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्तीमगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी रहेका छन् । 

त्यसैगरी पूर्व एमालेबाट चयन भएकाहरुमा रुद्रमणि सुवेदी, कुमार दसौदी, रीमा नेपाली, हरि घर्तीमगर, शान्तकुमार वली र राजकुमार कक्षपति रहेका छन् । 

स्थानीय तहमा ६०/४० को अनुपातमा नेतृत्व बाँडफाँड गरेको बताइएको छ । जसअनुसार १० स्थानीय तहमध्ये छ मा पूर्वमाओवादी केन्द्र र चार स्थानीय तहमा पूर्वएमालेबाट नेतृत्व हुने भएको छ । जिल्लाका रुन्टीगढी, त्रिवेणी, गङ्गादेव र लुङ्ग्री गाउँपालिका पूर्वएमालेले नेतृत्व गर्ने भएका छन् भने रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् । 

प्रदेश सदस्य तथा स्थानीय तहको समेत अन्तिम टुङ्गो लागिसकेको हुँदा अब पार्टी एकताले मूर्तरुप लिने पूर्वएमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले प्रतिक्रिया दिनुभयो । एकीकरणको तलैसम्मको काम व्यवस्थित गरी पार्टी सञ्चालन हुन्छ घर्तीले भन्नुभयो । 

दश स्थानीय तह रहेको रोल्पामा अघिल्लो वर्ष भएको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले सात, पूर्वएमाले दुई र नेपाली काङ्ग्रेस एक स्थानीय तह जितेका थिए । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई स्थानमा भने दुई वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा पूर्व माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले