२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रानीपोखरी पुन निर्माण : प्राविधिक क्षमता परीक्षण हुँदै

२०७५, १६ मंसिर आईतवार ०८:३७

शर्मिला पाठक, मङ्सिर १६, काठमाडौँ । रानीपोखरी पुनर्निर्माणका लागि प्राविधिक क्षमता परीक्षणको काम भइरहेको छ । तेस्रो पटक छोटो समयको लागि आह्वान गरिएको बोलपत्रमा तीन कम्पनीले पुनर्निर्माणको लागि आशयपत्र दिएका छन् । आशयपत्र दिएका तीनवटै कम्पनीले मागअनुरूपको पत्र पेश गरे/नगरेको, तोकिएकै समयमा काम गर्नसक्ने हुन्÷होइनन् जस्ता विषयमा प्राविधिक क्षमता परीक्षण भइरहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । 

पहिलो पटक पुनःनिर्माणगर्दा आधुनिक सामग्री प्रयोग गरिएको भन्दै विरोध भएपछि केही महीनाअघि कामपाले पुनर्निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गरेको थियो । दोस्रो पटक आह्वान गरिएको बोलपत्रमा दुईवटा निवेदन प्राप्त भए पनि मागअनुरूप नरहेकाले पछिल्लो पटक बोलपत्र खुल्ला गरिएको हो । प्राविधिक क्षमता परीक्षण सकिएछि आर्थिक मूल्याङ्कन गरी आगामी पुसको पहिलो सातादेखि पुनर्निर्माणको काम शुरु हुने कामपा प्रमुख विद्यासुन्दर शाक्य जानकारी दिनुभयो । 

“यस अघिनै पुनर्निर्माणको काम सक्नुपर्ने हो, विभिन्न समयमा विभिन्न व्यक्तिले गरेका विरोधका कारण काम हुनसकेन, अब ती सबै पक्षसँग छलफल भइसकेको छ, नियमितरूपमा काम शुरु हुन्छ”, शाक्यले भन्नुभयो । पुनःनिर्माणकार्य शुरु भएपछि कसैको विरोधले काम नरोकिने स्पष्ट पार्नुभयो । उहाँले पहिले पनि विपक्षहरू आफूलाई असफल बनाउन योजनाबद्ध रूपमा लागेको आरोप लगाउँदै मौलिकता कायम गर्दै आधुनिकरूपमै पुनःनिर्माणहुने पनि प्रमुख शाक्यले दोहोर्याएउनुभयो । 

गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको रानीपोखरीमा भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माणको शुभारम्भ गर्नुभएको थियो । भूकम्प जानुअघिको पोखरीको स्वरूप जस्तो थियो सोही अनुरूप निर्माण कार्य छिटो गर्न समय समयमा सम्पदा प्रेमी र राजनीतिक दलका प्रतिनिधिहरूले ज्ञापन पत्र पनि पेस गरेका थिए । पुनःनिर्माणसम्बन्धी विवाद समाधान गर्न गत वर्ष पुस १३ गते गठन भएको विज्ञ समूहले कामपालाई प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने सुझाव दिएको थियो । 

मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गरिएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पाँच वर्ष लगाएर प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । 

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । 

काष्ठमण्डप पुनर्निर्माणका लागि नक्सा प्रदर्शन 

यसैबीच काष्ठमण्डप पुनर्निर्माणको काम पनि अघि बढेको कामपा प्रमुख शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि रु पाँच करोड निकासा भइसकेको छ । गत शुक्रबार नै कामपाले काष्ठमण्डप निर्माणको लागि स्थानीयसँग सुझाव सङ्कलन गरेको थियो । सुझाव सङ्कलनका क्रममा काष्ठमण्डपको नक्सासमेत प्रदर्शन गरिएको थियो । 

सहभागी स्थानीयले ऐतिहासिक सम्पदा निर्माण गर्दा अभिलेखको अध्ययन गरिनुपर्ने, निर्माणका सामग्री गुणस्तरीय हुनुपर्ने, पुरानै मौलिकता कायम गर्नुपर्ने माग गरेका थिए । भूकम्पकै कारण पूर्णरूपमा क्षति पुगेको यस सम्पदा निर्माणका लागि रु १३ करोडको काठको प्रयोग हुने कामपा सम्पदा विभाग प्रमुख राम थापाले जानकारी दिनुभयो । 

काष्ठमण्डपसँगै हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माणतीव्र रूपमा भइरहेको छ । यहाँ रहेका करीब तीन दर्जन सम्पदा मध्ये भूकम्पका कारण १० सम्पदा पूर्णरूपमा क्षति भएको र अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पले क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माणसम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डपको पुनःनिर्माणभइरहेको छ भने माजु देग पुनर्निर्माणको शुभारम्भ भएको छ । साथै कुमारी घरको पनि भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथा विश्लेषण भइरहेको छ । 

त्यसैगरी भूकम्पले क्षति पुगेका अन्य सम्पदा पुनर्निर्माणको प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखेले जानकारी दिनुभयो । उहाँका अनुसार काष्ठमण्डपको पुनःनिर्माणआगामी तीन वर्षमा सम्पन्न हुनेछ भने माजु देग पुनःनिर्माणदुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ । केही सम्पदाको पुनःनिर्माणसम्पन्न भइसकेको र केही पुनर्निर्माणको क्रममा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदा गत कात्तिक पाँच गते एकै दिन रु १३ लाखसम्म आम्दानी गरिएको पसखेले बताउनुभयो । 

यहाँ घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत रु १५० तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले रु एक हजार तिर्नुपर्छ । हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरूको पुनर्निर्माणका लागि कामपाले रु ४९ करोड बजेट छुट्याएको कामपाको भौतिक पूर्वाधार महाशाखाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो