मङ्सिर १७ एजेन्सी | एक नृत्य प्रतियोगितामा जित्ने लक्ष्य सहित स्टेजमा नाच्दै गरेकी एक १३ बर्षीय किशोरीको मृत्यु भएको छ । भारतको प्रतिष्टित राजनीतिक दल भाजपाद्वारा आयोजना भएको एक नृत्य प्रतियोगितामा सपना चौधरी नाम गरेकी बालिका नृत्य पर्दर्शनको क्रममा स्टेजमै ढलेकी थिइन् ।

ति बालिकाले 'तेरी आंख्या को यो काजल' नामक गीतमा नृत्य सुरु गरेकी मात्र के थिइन् तब अचानक स्टेजमा ढल्न पुगिन् र उनको अस्पताल लाने क्रममा मृत्यु भयो । उनि स्टेजमा ढलेपछि हेर्नेहरुले बेहोस भएको भन्दै तत्काल अस्पताल लगेका थिए तर त्यतिखेरसम्म उनको मृत्यु भईसकेको थियो ।
मृतक अनीशा शर्मा तेश्रो प्रतिष्पर्धीको रुपमा स्टेजमा चढेकी थिइन् । उनि स्टेजमा चढ्दा सामान्य र स्वस्थ अवस्था थिइन् । डाक्टरहरुको अनुसार उनको मृत्युको कारण हृदय घात रहेको बताइएको छ । पछिल्लो समय प्रदुषण तथा बिबिध कारण सानो उमेरमै हृदयघात तथा बिभिन्न डरलाग्दा समस्या देखा पर्ने गरेको चिकित्सकहरुले बताउँदै आएका छन् ।