६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजार: नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घट्यो

२० मंसिर २०७५, बिहीबार १०:२८

मङ्सिर २०, काठमाडौँ | बुधबार उच्च बिन्दुले घटेको शेयर बजार आज भने सामान्य अङ्कले बढेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव सात बिन्दुले घटेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ बिन्दुले घटेको छ । 

सामान्य अङ्कले बढेको बजारमा कारोवार रकममा भने वृद्धि भएको छ । कूल १६२ कम्पनीको १३ लाख ७४ हजार ३४६ कित्ता शेयर रु ३७ करोड नौ लाख ७१ हजार ९३६ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार हुने साताको अन्तिम दिन आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । जलविद्युत् नौ दशमलव ८१ र उत्पादन दुई दशमलव ६२ बिन्दुले घटेको छ । 

यस्तै बैंकिङ दुई दशमलव ५५, होटल शून्य दशमलव ६५, विकास बैंक तीन दशमलव ३१, वित्त शून्य दशमलव ७९, निर्जीवन बीमा ३५ दशमलव ५९, अन्य शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४ र जीवन बीमा ४४ दशमलव शून्य सात बिन्दुले घटेको छ । सामान्य बढेको बजारमा आइएमइ जनरल इस्योरेन्स, अपि पावर कम्पनी, सूर्य लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । 

त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, यूनाइटेड मोदी हाइड्रो पावर, काबेली विकास बैंक, रैराङ हाइड्रो पावर कम्पनी, आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता