मंसिर २१, काठमाडौं । काठमाडौंको रातोपुलमा गोली चलेको छ । प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोलि चलाएको हो |
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो ।
पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ ।
डकैती समूहका कुख्यात नाइकेविरुद्ध प्रहरीले गोली चलाएको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि राजन लिम्बुलाई प्रहरीले गोली हानेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको हो । लिम्बु करिब एक दर्जन डकैती घटनाका फरार अभियुक्त हुन् । उनले काठमाडौं र पूर्वमा डकैती गरेका थिए ।