२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्येष्ठ नागरिकलाई घरदैलो स्वास्थ्य परीक्षण

२०७५, २२ मंसिर शनिबार ०६:२३

मङ्सिर २२, काठमाडौँ | तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वस्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । 

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदीले जानकारी दिनुभयो । उक्त कार्यक्रम नौ वडामा शुरु भइरहेको र अब अन्य वडामा पनि सञ्चालन गरिने उहाँले बताउनुभयो । घरदैलो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको सुवेदीले बताउनुभयो । 

नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकाको पहँुचसम्म पु¥याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा–एउटा स्वास्थ्यचौकी सञ्चालन गरिरहेको छ । आगामी दिनमा यस्ताखालका स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिँदै महामारी, दैवीप्रकोपजस्ता कार्यमा तत्काल सेवा प्रदान गर्न नगर आकस्मिक स्वास्थ्य कोषको स्थापना गरी आवश्यकताका आधारमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गगरिने सूचना अधिकारी नरहरि गौतमले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो