२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला हत्या प्रकरण: यसअघि पनि पक्राउ प्रदिप रावल ‘क्लिनचिट’ पाएर छुटेका थिए !

२०७५, २४ मंसिर सोमबार १०:३४

मङ्सिर २४, काठमाडौं | निर्माला पन्तको हत्यामा संलग्न भनिएका भीमदत्तनगर–१८ का प्रदीप रावल अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले रावालसंग सार्वजनिक अपराध मुद्दा अन्तर्गत बयान लिइरहेका छन् । 


मङ्सिर १७ गते काठमाडौंबाट पक्राउ परेका रावल वास्तविक हत्यारा हुन् या होइनन् भन्नेबारे सर्वत्र चासो छ । लागू औषध प्रयोकर्ता (ड्रगिस्ट) समेत रहेका १८ वर्षीय प्रदीपले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई सुरुवाती दिनमा सकारात्मक बयान दिएको कुरा केन्द्रीय अनुसन्धान ब्युरोबाटै बाहिरिएको थियो । 

निर्मला हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अङ्गुर जिसी नेतृत्वको टोलीले चार महिनाअघि उनै रावललाई पक्राउ गरेर लामो अनुसन्धान गरेको थियो ।

प्रदीप साउन २० गते मोटर ग्यारेजबाट पक्राउ परेका थिए र त्यसबेलाको प्रारम्भीक बयानमा आफू भारतस्थित बनबासस्थित मामाघर गएको बताएका थिए । निर्मलाको हत्याबारे सोधपुछ गर्दा उनले ‘झ्याप भएको थिएँ, घट्नासम्बन्धी केही थाहा छैन’ भनेका थिए । तर अनुसन्धान अधिकृतहरूले उनीसँग लामो इन्ट्रोगेसन गरेका थिए ।  

प्रदीपको बाबु ठगी मुद्दामा प्रहरीको फरार सूचीमा छन् । एउटी दिदी कञ्चनपुरमा बस्छिन्, अर्की काठमाडौंमा । सामान्य परिवारका प्रदीप प्रोफेसनल मान्छे नभएकाले प्रहरीले ‘अब आउनुपर्दैन्’ नभनेसम्म तारेख धाउने थिएन । 

दिलिपसिंह विष्ट पक्राउ परेपछि प्रदीपले बल्ल कञ्चनपुर छाडेका थिए । तर पछिल्लो समय प्रदीपलाई नै हत्यारा करार गर्न खोजिएपछि धेरैले पुनः निर्मलाको हत्यारा पत्ता लाग्नेमा आशङ्का गर्न थालेका छन् । चक्रदेवी बडुभन्दा पहिले पक्राउ परेका रावल त्यतिबेला घटनामा संलग्न भएको पुष्टि नभएपछि छुटेका थिए । 

त्यतिबेला उनको डीएनए परीक्षण गरिएको थिएन्, अहिले सार्वजनिक अपराधमा अल्झाएर उनको डीएनए स्याम्पल लिइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनको डीएनएको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ । 

तर केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाहीले रिपोर्ट आएपछि कञ्चनपुरमा पठाएर जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा मात्र खोलिने दाबी गरे ।  

कञ्चनपुरमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसँग प्रदीपले आफूले गाँजा खाने गरेको स्वीकार गरेका थिए । निर्मलाबारे सोध्दा प्रदीपले आफु खाएर झ्याप भएको र घट्नाबारे केही थाहा नभएको बताएका थिए | 

निर्मला हत्या प्रकरणमा एक पटक ‘क्लिनचिट’ पाएपछि भदौ ५–७ गतेतिर प्रदीप काठमाडौं आएका थिए । 

प्रदीप जस्ता लागू औषध युजरहरूले नसाको सुरमा बलात्कार–हत्या गर्न सक्ने भए पनि दिनकै खुरु–खुरु तारेख धाए पनि डीएसपी अङ्गुर जिसी नेतृत्वको टोलीले उनलाई ‘क्लिन चिट’ दिएको थियो । 

त्यतिबेला प्रहरीले अनुसन्धान गरेका जीवन घर्ती मगरले पनि निर्मलालाई खुकुरी हानेर मारेको बयान दिएका थिए । तर अपत्यारिलो बयान अनुसन्धान अधिकृतहरूले पत्याएनन् ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोले ६ दिनदेखि प्रदीपमाथी सोधपुछ गरिरहेका छन् | प्रदीपले पहिलो ‘मत झ्याप थिएँ, मलाई त थाहा नै छैन’ भनेका छन् । 

प्रहरी स्रोतका अनुसार पछिल्लो समय उनले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले हुँदै होइन्’ भन्न थालेको प्रहरी स्रोतको भनाइ छ । 

प्रदीपसँगै केन्द्रीय अनुसन्धान ब्युरोले १६ वर्षीय विशाल चौधरीमाथि पनि अनुसन्धान गरिरहेको छ । उमेर नपुगेका कारण विशालाई हिरासतमा राखिएको छैन ।

प्रहरीले अहिलेसम्म १३ जनाको डीएनए परीक्षण गरिसकेको छ । पछिल्लो सयम प्रदीप, विशाल र अर्का एकजनाको डीएनए परीक्षणका लागि ‘ब्लड स्याम्पल’ पठाइएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा