२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटका दुई युवक पाटेबाघको छालासहित काठमाडौंबाट पक्राउ

२०७५, २६ मंसिर बुधबार ०८:१०

मङ्सिर २६, काठमाडौँ | प्रहरीले पाटेबाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले काठमाडाँै महानगरपालिका–२६ स्थित आकाशे पुल नजिकबाट नुवाकोटका तेज अधिकारी र विक्रम लामालाई बाघको छालासहित नियन्त्रणमा लिएको परिसरका प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । 

बरामद छालासहित निजहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

त्यस्तै प्रहरीले बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटिएम मेसिन तोडफोडमा संलग्न सिरहाको सुखीपुर नगरपालिका–६ घर भई हाल कामपा–३१ देउराली क्लबमा बस्ने वर्ष १८ का किशोर यादवलाई नियन्त्रणमा लिएको छ । निजले पैसा चोर्ने उद्देश्यले एटिएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ । सिसिटिभी फुटेजका आधारमा यादवलाई उक्त बैंक रहेको भवनमा बसिरहेको अवस्थामा फलामको रडसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यसैगरी कामपा वडा नं ३२ सुविधानगरस्थित एक घरमा कोही नभएको मौका पारी गरगहना तथा नगद चोरी गर्ने मकवानपुरको पौरही गाविस–७ का १८ वर्षीय नवीन विकलाई चोरी गरेको धनमालसहित नियन्त्रणमा लिएको छ । निजको साथबाट रु सात हजार ५००, सुनको सिक्री एक थान, मङ्गलसुत्र दुुई थान, ल्यापटप र मोबाइल एक÷एक थान र घर फोर्न प्रयोग गरेको औजारसहित बरामद गरेको प्रहरीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो