२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाल्पामा जीप दुर्घटना हुँदा तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु, ४ जना घाइते

२८ मंसिर २०७५, शुक्रबार ०३:०९

मङ्सिर २८, पाल्पा | सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ । 

दुर्घटनामा चारजना घाइते भएका छन् ।  पूर्वखोला गाउँपालिकाको आर्गिडाँडा ओढारेमा लु १ ज ५६५३ नम्बरको जीप दुर्घटना हुँदा ३ दिनकी सुत्केरी २३ वर्षीया उनीसरा रुचाल, चालक २० वर्षीय विरेन्द्र राना , ४४ वर्षीया यानीसरा गाहा, ४१ वर्षीया बुमाकुमारी दर्लामी र ७१ वर्षीय रेवतबहादुर जिसीको  ज्यान गएको हो । 

 

चारजनाको घटनास्थलमै र सुत्केरी उनीसराको उपचारको लागि सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमा नै ज्यान गएको घटनास्थलमा पुग्नुभएका पूर्वखोला गाँउपालिका वडा नम्बर २ का वडाध्यक्ष निरबहादुर सारुले जानकारी दिनुभयो । मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् ।

वडा अध्यक्ष सारुका अनुसार रातको समय र अप्ठ्यारो भिरमा दुर्घटना भएकाले घाइतेको उद्धार र मृतकको शव निकाल्न निकै कष्ट भएको थियो ।  घाइते देवसिंह गाहाका अनुसार बाटोमा खरायो भेटिएपछि सोही खरायोलाई लखेट्ने क्रममा जीप भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृतक सुत्केरीका श्रीमान् २६ वर्षीय शान्तबहादुर रुचाल, ३ दिने शिशु , ४० वर्षीय सुरेन्द्र मश्राङ्गी र ३९ वर्षीय देबसिंह गाहा घाइते भएका छन् । घाइतेको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बिहीबार बेलुकी ८ बजे तिर दुर्घटनामा परेको जीपमा ९ जना सवार थिए । उज्यालोबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य