2026-10-29 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमान एयरपोर्ट ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैसाथ !

प्रेम सुनार | पुस ३,  गुल्मी । विदेशबाट श्रीमान विमानस्थलमा ओर्लिनु र श्रीमती परपुरुषसँग रंगेहात पक्राउ पर्नु एकैपटक परेको छ । गुल्मीको एक गाउँमा श्रीमती भने परपुरुषलाई बोलाएर गाउँवासीबाट घरमै समातिनु र श्रीमान विमानस्थलबाट घर फर्किने तयारीमा रहनु एकैपटक परेको हो ।

फेसबुकबाट लभ चक्कर चलाएका तनहुँ जिल्ला व्यासा नगरपालिका–१० का प्रकाशकुमार जिसी नाम थर बताउने वास्तविक थर भने विश्वकर्मा रहेका प्रकाश गुल्मी बलिथुमकी विदेश श्रीमान भएकी एक महिलासँगै समातिएका हुन् ।

गत ६ महिनादेखि उनीहरु फेसबुकबाट लभ चक्करमा परेका थिए । फेसबुकको चक्करसँगै प्रकाश भेट्न भनि आईतबार महिलाको घर आएका थिए । घरमा एक्लै बसेकी ती महिलालाई घरभित्र अभद्र व्यवहार गर्न लागेको बेला स्थानीय युवाले समातेका थिए ।

गाउँवासीले निजलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको र निजलाई हिरासतमा लिई अदालतमा मुद्दा दायर गरिएको सो कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए ।

गाउँवासीले विकलाई समातेर उनको मोबाईलमा रहेका फोन नम्वरहरुमा फोन गर्दा दर्जनौं महिलाहरुले उठाउने गरेको र आफूहरुलाई पनि लभ चक्करमा फेसबुकबाटै फसाएको उनीहरुको आरोप छ ।

निजले महिलाहरुसँग लभ चक्कर चलाउने र लाखौं रकम महिलाहरुबाट ठग्ने गरेको उनको फेसबुकबाट खुलेको वलिथुमका युवाहरु बताउँ छन् ।

उनले धरान, झापादेखि विभिन्न जिल्लाका लाहुरे तथा विदेशमा श्रीमान भएका महिला र युवतीहरुसँग पछिल्लो एक बर्षमै १३ तोला सुन र ४ लाख रुपैयाँ फसाएको कब्जा गरिएको मोबाईलबाट अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

बलिथुमकी ती महिलाले आफूलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी गरेपछि पक्राउ परेका विकविरुद्ध थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले बताए । उनले प्रकाश कुमार जिसी नाम बताए पनि उनी विश्वकर्मा रहेको खुलेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ