२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन अन्तर्वार्ता रोए

५ पुष २०७५, बिहीबार ०३:३९

विजय थापा | पुष ५, अमेरिका | मानिसका आँशु एक खुशी हुँदा र अर्को दुखि हुँदा आउदछ । मानिसका सपना पुरा भएमा या आफूले सोचेको कुरा प्राप्त गर्दा मानिसका खुशीका आँशु आउदछन । तर हालसालै शारीरिक सुगठनमा नेपाल र नेपालीको नाम बिश्व भर फैलाएका अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन मनभरी गुम्सिएका ,हृदयभरी गाठो परेका दुख बेदना पोख्दै अन्तर्वार्ता दिने क्रममा भाबुक बन्दै रोएका छन । 

थाइल्याण्डमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महर्जन संग अमेरिकाको डीसीबाट संचालित अङ्किय (अनलाइन )पत्रिका ईनेप्लिज डटकमको सच्चीको साथ नामक कार्यक्रममा बेङ्कक बाट सिधै अमेरिका अन्तर्वार्ता दिने क्रममा उनि एक छिन बोल्न सकेनन । उनको गला अबरुद्ध भयो । आवाज केही क्षण सम्म निक्लन सकेन । मुखमा कसैले कपास राखी दिए झैँ भयो । वाक्य नै बसे झैँ भयो । दर्शकहरु पनि भाबुक भए । तर बिस्तारै उनि सम्हालिए अनि उनले अन्तर्वार्ता को क्रमलाई निरन्तरता दिए । 


संचारकर्मी सच्ची मैनालीले बिजेता बने पछि कस्तो महसुस भै रहेको छ भन्ने जवाफ को सहि उत्तर पाउन ४ पटक सोधेकी थिइन् । महर्जनले ठिक उत्तर नदिई घुमाई फिराई आफ्ना गुनासो पोखे । स्वर्ण पदक बिजेता खिन्न भएको लाग्दथ्यो । उनको अनुहार निराश थियो । 

आफ्ना भित्र गुम्सिएका बेदना पोखे पछि उनले बिस्तारै संचारकर्मी सच्ची मैनालीले सोधेको जवाफ दिने क्रममा साथीभाईले गर्ने समर्थन आफ्नो ठाउँमा छ भने । तर जहाँ बाट सहयोग समर्थन पाउनु पर्ने हो त्यो २२ बर्ष सम्म पनि सहयोग पाएको छैन भनि दुखेसो पोखे  । उनले सरकारको कुनै भूमिका नरहेको स्पप्ष्ट बताए । 

उनले अगाडी भने देशले गर्नु पर्ने हो गरेन तर आफ्नो एउटा सपना थियो त्यो पुरा भएकोमा म खुशी छु भने । उनले थप गर्दै भने आफु संग सम्बन्धित संघले मुख्य रुपमा गर्नु पर्ने हो भने ,त्यो गर्न सकेन भनि कुरा राखे । त्यसै गरि सरकारबाट सहयोग प्राप्त नभए पछि यो प्रतियोगिता पछि खेल त्याग्छु भन्ने मानसिकता साथ उनि प्रतियोगितामा सहभागी हुन् आएको बताए । स्वर्ण पदक बिजेता भै सके पछि पनि भबिस्यमा आफूले अव सरकारको सहयोग नपाएमा भबिष्यमा यो खेल त्याग्न सक्ने उच्च सम्भावना भएको बताए । 


उनलाई तपाईको एउटा फोटोमा आँशु बगिरहेको देखेको थिए । यो पक्का पनि खुशीको आँशु हो । अहिले सम्झनु हुन्छ त्यतिखेर के सम्झेर आँशु झरेको थियो भन्ने प्रश्न गर्दा पनि उनि भाबुक भए । मन भित्र दुखको गाठो बेरिएको झैँ लाग्दथ्यो । 

अन्तर्वार्ताको लागी थाइल्याण्डमा उनि बिहानको ४ :१५ बजे सम्म अन्तर्वार्तामा रहेका थिए । उनले अन्तर्वार्ताको क्रम मै व्यक्तिगत रुपमा ८-९ लाख लागेको र आफू अब यत्रो खर्च गरि आउन नसकिने बताए । उनले भारतबाट करिव १६ जनाको टोलि आएको चर्चा गर्दै हामी आफ्नो व्यक्तिगत रुपमा आएको बताए । 

उनले आफूले यो पदक जित्न २२ बर्ष कुर्नु पर्यो भन्दै ३- ५ बर्षमा यस्तो बन्न सकिने बताए । महर्जनले यो जिताउन साथीभाईहरुको ठुलो हात रहेको भन्दै यस्ता प्रतियोगिताबाट कति पटक निरास पनि भएर करिव २ बर्ष सम्म खेल्न पनि छोडेको पनि बताए । शारीरिक सुगठन निकै समय लाग्ने भन्दै अन्य खेल भन्दा फरक रहेको बताए । 


गरिवहरुले यो खेल खेल्न खर्चले नसक्ने हुन्छ भने धनिहरु यस्तामा नलाग्ने बताए । महर्जनको दुखेसो भनेको सरकारले यस तर्फ ध्यान दियोस भन्ने चाहना रहेको उनको विचार र भनाईको ईशारा बाट प्रष्ट बुझिन्थ्यो । महर्जनले साथीभाइहरुले भाग लिनु पर्छ भने पछि अन्तिम पटकको लागि आएको चर्चा गरे । उनले अन्तर्वाता कै क्रममा मैले कस्को लागि खेले ? मैले नेपालको लागि खेले ,नेपालीको लागि खेलेको हु । म नेपाल आमाको छोरा हु । म बिजेता हुदा नेपालको नाम रहेको बताए । 

थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुष तर्फ को ७५ केजीको समूहमा स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त प्रतिस्प्रद्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो भएका थिए । 

नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो । महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने