२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केही मानिसहरू साह्रै भाग्यमानी हुनुको कारण यस्तो पो रहेछ !

२०७५, ६ पुष शुक्रबार ०८:१८

 मानिसको भाग्य राम्रो वा नराम्रा भन्ने कुरा हुदैँन । मनोविज्ञ रिर्चड वाइजमनका अनुसार मानिसहरूले राम्रो हुन् वा नराम्रो आफ्ना भाग्य आफै कोर्छन् । 

वाइजमनले भाग्यको भूमिका र मानिसहरूको जीवनमा त्यसले पारेको प्रभावबारे अध्ययन गरिराखेका छन्। उनले त्यसलाई ‘वैज्ञानिक अनुसन्धान’ भनेका छन् जसले आफूलाई भाग्यमानी र भाग्यमानी नभएको ठान्नेहरूबिचको भिन्नता हेरिराखेको छ।

यसको निश्कर्ष के त ? भाग्य कुनै जादुयी क्षमता वा अप्रत्यासित नतिजा नभई यो हामी कसरी सोच्छौं र काम गर्छौं भन्ने हो।

खासगरी, भाग्यमानी भनिने वा आफूलाई भाग्यमानी ठान्ने मानिसहरूले यी चार कुरा ठिकसँग गर्छन्।

१. नयाँ अवसरहरूको पहिचान

आफूलाई भाग्यमानी ठान्ने मानिसहरू सही समय पहिचान गर्दै त्यसको सदुपयोग गर्छन्।

जब उनीहरूले अगाडी नयाँ बाटो देख्छन्, खुसीसाथ त्यस बाटोमा हिंड्छन्।

भाग्यले साथ नदिएको ठान्नेहरूका हकमा भने त्यो ठ्याक्कै उल्टो हुन्छ, वाइजमन भन्छन्, ‘उनीहरू एउटै बाटोमा हुन्छन्। जसकै कारण अवसरहरू देखिए पनि उनीहरू त्यसको सदुपयोग गर्न डराउँछन्।’

२. अन्तरआत्मालाई सुन्नु

नयाँ अवसरलाई सदुपयोग गर्नका लागि अन्तरआत्मालाई सुन्नुको अर्थ धेरै हुन्छ। भाग्यमानी मानिसहरू त्यसो गर्न धक मान्दैनन्।

उनीहरूलाई केही कुरा ठिक लाग्यो भने त्यसमा ढुक्कैसँग विश्वास गरेर अगाडि बढ्छन्।

अर्कोतर्फ आफूलाई भाग्यमानी नठान्नेहरू स्वभावैले धेरै गहिरिएर परिस्थितिको समीक्षा गर्छन्। जुन उनीहरूका लागि प्रत्युत्पादक भइदिन्छ।

वाइजमन भन्छन्, ‘उनीहरूका काम सफल हुनका लागि धेरै समय लाग्छ र उनीहरूको सोचाई धेरै फलदायी समेत भएको पाइंदैन।’

३. सफल हुने आशा

आशावादी मानिसहरूका रूपमा हेरिने भाग्यमानीहरू आफ्ना हरेक काममा सफल भइने सोच्छन्।

‘उनीहरू आफ्ना कामहरू राम्ररी हुने ठान्छन् र सोही धारणाले नै त्यो सजिलै पूरा भइदिए जस्तो हुन्छ’ वाइजमन भन्छन्।

सधैभरी यसले काम गर्छ भन्ने छैन तर सकारात्मक सोचले अप्ठ्यारो परिस्थितिमा पनि गतिशील भइरहन भने सघाउँछ।

यो गुणको प्रभाव यस्तो हुन्छ कि त्यसले अरू मानिसहरूलाई सहजै आकर्षित गर्छ।

आफूलाई भाग्यमानी नठान्नेहरूमा भने निराशावादी सोच हावी भइदिन्छ।

वाइजमनका अनुसार आफ्ना उदास शैलीका कारण मानिसहरू त्यस्ता व्यक्तिहरूबाट पञ्छिन खोज्छन्।

४. सकारात्मक रहनु

यस स्वभावको साँचो भनेको सकारात्मक रहनु हो।

नराम्रा कुराहरू सबैको जीवनमा घट्छन् तर भाग्यमानी मानिसहरू यस्तै अनुभवले त्यस्ता परिवेशमा काबु पाउन सक्छन्।

उनीहरू त्यस्तो परिस्थिति बुझेरै अगाडि बढ्छन्।

यसले खराब समयलाई पनि राम्रोमा परीणत गर्छ।

तर आफूलाई भाग्यमानी नठान्नेहरू स–साना नकारात्मक कुराबाटै चिन्तित हुन्छन्।

उनीहरू भविष्य बेरङ्गको हुँदैछ भन्ने सोचेर पर्यत्न गर्नु नै बेकार रहेको ठान्छन्।

भाग्यमानी हुन चाहनुहुन्छ ?

रिचर्ड वाइजमन भन्छन्, केही तरिका अपनाइयो भने जोकोही भाग्यमानी मानिसजसरी सोच्न र व्यवहार गर्न सक्छन्।

त्योमध्ये एउटा 'भाग्य डायरी' बनाउनु र आफूलाई भाग्यमानी सोच्न थाल्नु पनि हो।

‘जेजस्तो भए पनि आफूमा घटेका सबैभन्दा सकारात्मक वा राम्रो कुरा के हो, त्यो लेख्नुहोस्।’

यसले नकारात्मकता हटाएर जीवनका सकारात्मक पक्षमा केन्द्रीत हुन सघाउँछ।

हामीसँग हुने कतिपय घटना हाम्रो बसमा हुँदैनन् तर ‘भाग्य डायरी’ बनाउँदा हामीले त्यस्ता अवस्थासँग कसरी जुझ्ने भन्ने सिक्छौं।

तर त्यो रातारात भइहाल्ने कुरा होइन, वाइजमन भन्छन्, ‘तर केही हप्तामै मानिसमा यसको सच्चा असर पर्न थाल्नेछ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित