Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ बस दुर्घटनामा मृत्यु भएका २२ जनाको शव अस्पतालमा

२०७५, ७ पुष शनिबार ०२:०५

पुस ७, दाङ | तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । 

सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । 

शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीयवासी उद्धारका लागि खटिएका थिए । 

घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ । 

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । घोराही उपमहानगरपालिका–३का ३२ वर्षीय बसचालक मदन केसी, वडा नं २७ का २८ वर्षीय प्रदीप घिमिरे, दङ्गीसन गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रजगैयाँ, भुमे गाउँपालिका–६ रुकम पूर्वका २८ वर्षीय नरेश वली, घोराही उपमहानगरपालिका–१४का १७ वर्षीय विजय जिएमको सनाखत भएको प्रहरी प्रमुख जीवन शाहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ