२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ए’ डिभिजन लिग: एघारौँ चरणका खेल आजदेखि

११ पुष २०७५, बुधबार ०३:१५

पुष ११, काठमाडौ (रासस) | शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत ११औँ चरणका खेल आजदेखि हुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार बुधबार तीन तथा बिहीबार र शुक्रबार दुई–दुई खेल हुनेछन् । आज पहिलो खेल ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पाबीच तथा अर्को खेल जावलाखेल युथ क्लब र मछिन्द्र क्बलबीच हुनेछ । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । तेस्रो खेल न्युरोड टिम (एनआरटी) र फ्रेन्ड्स क्लबबीच हल्चोक मैदानमा हुनेछ । 

बिहीबार सशस्त्र प्रहरीको एपिएफ र च्यासल युथ क्लबबीच तथा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुनेछ । मनाङ र सङ्कटाबीचको खेललाई उपाधि भिडन्तका रुपमा हेरिएको छ । सङ्कटासितको खेल मनाङले जिते दुई खेलअगावै उसले लिगको उपाधि जित्नेछ । एघारौँ चरणको अन्तिम खेल शुक्रबार सरस्वती युथ क्लब र त्रिभुवन आर्मीबीच तथा नेपाल पुलिस र थ्रीस्टार क्लबबीच एन्फा मैदान सातदोबाटोमा हुनेछ । 

दशौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित ३० अङ्कसाथ शीर्ष स्थानमा छ । सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपिएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ, १४/१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ/आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ/छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ तथा न्युरोड टिम (एनआरटी) चार अङ्कका साथ तालिकाको अन्तिम स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने