२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले गरे अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी

२०७५, ११ पुष बुधबार ०९:०४

पुष ११, मेलबर्न | अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकलाई अस्ट्रेलियन टोलीको कप्तानको भूमिका दिईएको छ । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो । 

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा बालकलाई टस गर्नसँगै लगियो भने कप्तानको क्यापसमेत दिइएको थियो । 

खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गरे । 

भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले गरेका छन् । क्रिकेट अस्ट्रेलियाले आइतबार नै सात वर्षीय बालक आर्चीलाई कप्तान बनाउने निर्णय गरेको थियो । यसको चर्चा विश्वभरका सञ्चारमाध्यममा छाएको थियो ।


यस्तो छ कारण 

आर्ची सानै उमेरदेखि मुटु रोगबाट ग्रसित छन् । थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया भइसकेको छ । आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए । 

त्यसपछि सात घण्टा लगाएर आर्चीको मुटुको शल्यक्रिया गरिएको थियो । त्यसको ६ महिनापछि आर्चीको मुटुको धडकनमा पुनः समस्या देखिएको थियो । क्रिकेट भनेपछि हुरुक्कै हुने आर्चीको मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने सपना पुरा नहुने देखेपछी उनको सपना पुरा गर्न अष्ट्रेलियन क्रिकेट टिमको कप्तानीको भूमिका दिईएको हो । 

केही समयअघि आर्चीका पिताले आर्चीसँग उनको सपनाबारे सोध्दा आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना रहेको बताएका थिए। 

उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्ध तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाइएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?