२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ता बचाउ आन्दोलनमा अगुवाहरुको जोड (फोटो फीचर)

२०७५, ११ पुष बुधबार ०९:३४

रवि पाण्डेय | पुष ११, नवलपरासी (सुस्ता )  | भारतद्धारा अतिक्रमित पश्चिम नवलपरासीको सुस्ताका बासिन्दाले प्रधानमन्त्री  केपी शर्मा ओली सुस्ताक्षेत्रको समस्या बारे उदाशिन रहेको बताएका छन् । 


नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले सिमा अतिक्रमणका बिरुद्ध मंगलवार सुस्ता गाउपालिका – ५ सुस्तामा आयोजना गरेको बिरोध प्रर्दशनमा सुस्ता बचाउ आन्दोलनका अगुवाहरुले  केपी शर्मा ओली सुस्ताको समस्याबारे उदाशीन रहेको बताएका हुन । पटक पटक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग सुस्ता समस्याँ समाधानको आग्रह गरेपनि दाहालले समेत आफ्नो बाचा बिर्सेको उनीहरुको भनाई थियो । 


चुनाव अघि र चुनाव जितिसकेपछि दलहरुले सुस्तावासीलाई गर्ने ब्यवहार फरक फरक रहेको उल्लेख गर्दै अगुवाहरुले नेकपा नेतृत्वको दुई तिहाई सरकार समेत कुर्ची बचाउ आन्दोलनमा लागेको ब्यंग गरे । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले सत्तारुढ डबल नेकपामा रहेको राष्ट्रिय आत्मसर्मपणवादका कारण समस्या आएको बताउदै आन्दोलनका राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा आफुहरु रहेको बताउनुभयो । 


नेता आचार्यले सत्तारुढ नेकपा बामपन्थी वा कम्युनिष्ट नरहेको भन्दै नक्कली कम्युनिष्टका कारण राष्ट्रियता जनतन्त्र र जनजिविकाको समस्या ज्यु का त्यँु रहेको बताउनुभयो । सुस्तालगायतका देशमा सिमा मिचिएका छन् – पश्चिम नवलपरासी ईञ्चार्ज समेत रहनुभएका नेता आचार्यले भन्नुभयो – बलात्कार महँगी कालोबजारी र भष्ट्रचार मौलाएको छ । यस्तो पनि कम्युनिष्ट शासन हुन्छ ? उहाँले प्रतिप्रश्न गर्नुभएको थियो ।  कार्यक्रममा सुस्ता बचाउ आन्दोलनका अध्यक्ष गोपाल गुरुंगले सत्ता संचालकहरु फेरिए पनि राष्ट्र बचाउने नेतृत्व नहुदाँ सुस्तावासीले समस्या बोहोर्दै आएको बताउनुभयो । धेरै पटक आन्दोलन गरियो बिद्यार्थीकाल देखि सुस्ताको बिषय उठाउदै आइयो – अध्यक्ष  गुरुंगले गुनासो गर्नुभयो –नेताको अबस्था फेरियो तर जुन सुकै ब्यवस्था आएपनि सुस्तावासीको समस्या समाधान भएन । अध्यक्ष गुरुंगले सुस्तामा मात्र ४१ हजार  ८ सय ३९ हेक्टर भुमि मिचिएको जानकारी दिनुभयो ।


त्यस्तै सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष तथा सुस्त गाउपालिका वडा नम्बर ५ का वडा सदस्य आदम खाँले प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्तावासीहरु संग भेंट समेत नदिएको आक्रोश पोख्नुभयो । भारत ठुलो होला महान होला – खाँले भन्नुभयो – हाम्रा लागि हामै्र देश महान छ । हाम्रो भुमि महान छ । ठुल्दाईले सिमा मिच्दाँ चुँ सम्म नबोल्ने शासकहरुका कारण समस्या भयो । उहाँले चुनाव अघि गरेका बाचा नभुल्न सरकारलाई चेतावनी दिनुभयो । हामी असोज नौ गते काठमाण्डौ गएर बिभागीय मन्त्री भेटयौ – उहाँले भन्नुभयो – प्रधानमन्त्री बिदेश हुनुहुन्थ्यो । तर आइसकेपछि पनि समय दिनुभएन ।


अगुवा खाँले नेतृत्वले भारत सामु पुच्छर लुकाउने गरेका समेत टिप्पणी गर्नुभएको थियो । कार्यक्रम नेकपा (क्रान्तिकारी माओवादी) नवलपरासीका सचिव  छविलाल खरेलको अध्यक्षता सचिवालय सदस्य चुडमणि भण्डारीको संचालनमा भएको कार्यक्रममा देशभकत जनणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष राजु खनालले समेत मन्तब्य राख्नुभएको थियो । सो कार्यक्रममा सुस्ताका समाजसेवी युवा रविन्द्र जैसवाल सुस्ता बचाउ आन्दोलनकी नेतृ नुरजहाँ लैला बेगमलगायत सहभागी हुनुभएको थियो ।  क्रान्तिकारी माओवादीका बिभिन्न जनसंगठनका नेता कार्यक्रमले मिचिएको सुस्ता भुमिको अवलोकन समेत सो अवसरमा गरेका थिए । उनीहरुले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महंगी भष्ट्रचारी तस्करी दलाली र बलात्कारको बिरोधमा नारा जुलुस समेत गरेका  थिए । त्यस्तै बैद्य माओवादीले लिपुलेक बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ । जनप्रर्दशन पछि स्थानीय तहमा भएका भष्ट्रचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ । क्रान्तिकारी माओवादीको मंसिर १२ देखि १७ गते सम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना मुताबिक प्रर्दशनको तयारी गरिएको थियो ।  


सुस्ताका तस्बिर सौजन्य –रामप्रसाद पौडेल 

माओत्से तुङ जयन्ती 

बर्दघाट | विश्व कम्युनिष्ट आन्दोलनका महानायक चिनीयाँ कम्युनिष्ट आन्दोलनका नेतृत्वकर्ता माओत्से तुङको योगदानको चर्चा गर्दै नवलपरासीको बर्दघाटमा माओ जयन्ती मनाइएको छ । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको आयोजनामा भएको सो कार्यक्रमका बक्ताहरुले माओको सर्वहारा साँस्कृतिक क्रान्ति र राष्ट्रवादी छविप्रति प्रकाश पारेका थिए । कार्यक्रममा  क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी चोला , सचिवलाय सदस्यहरु संकल्प, विबेक, समर, क्रान्ति , नविन र न्युक्लियस बसन्त लगायतले बोल्दै माओको  योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रम चोलाको अध्यक्षतामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने