2026-09-14 08:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

म्याराथुन प्रतियोगिताको उद्घाटन

 पुस १५, कंचनपुर  (रासस) |  ‘भीमदत्त समृद्धिको आधार, पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने नारासहित आज भीमदत्त नगरपालिकामा जैविक मार्ग धार्मिक पर्यटन म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद घनश्याम भुसालले रिवन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । म्याराथुन धावक कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धरको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको छ । 

म्याराथन मार्चमा एक हजार ३४७ जना खेलाडीले सहभागिता जनाएका छन् । सबैभन्दा बढीले हाफ म्याराथन खुला पुरुष दौड प्रतियोगितामा भाग लिएका छन् । एक्काइस किलोमिटर दूरीको सो दौडमा ७१३ प्रतिस्पर्धी सहभागी छन् । 

हाफ म्याराथनपछि ४६६ छात्रछात्राले दौडमा सहभागिता जनाएका छन् । यसमा छात्र १९७ र छात्रा २६९ छन् । छात्रछात्राको दौड पाँच किलामिटर रहेको छ । महिला खुला १० किलोमिटर दौड प्रतियोगितामा १६९ जना प्रतिस्पर्धी सहभागी छन् । 

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलसहित प्रदेश सांसद, राजनीतिक दलका नेता, सरकारी अधिकारी, जनप्रतिनिधि, खेलाडी र स्थानीयवासी सहभागी छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले