राष्ट्रिय प्रजात"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राष्ट्रिय प्रजात"/>

२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वराज्यमन्त्री शर्माको निधन

२०७५, १६ पुष सोमबार १५:१४

पुस १६, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षका उमेरमा आज निधन भएको छ । 


राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहनुभएकी शर्मा कलेजो र मिर्गाैलाको समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । शर्माका श्रीमान्, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो । शर्माको निधनमा केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उहाँको निधनबाट पार्टी र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ । त्यसैगरी पार्टी केन्द्रीय सदस्य शर्माको असामयिक निधनमा शोक जनाउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सबै तहका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र कुनै औपचारिक काम नगरिने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने