२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपक्षीलाई भोट दिएको भन्दै पति र छोराछोरीलाई बाँधी पत्नीमाथि सामूहिक बलात्कार

२३ पुष २०७५, सोमबार ०६:०१

पुस २३, काठमाडौं | बंगलादेशको एक अदालतले सत्ताधारी आवामी लीग पार्टीको स्थानीय नेतासहित सातजनालाई हिरासतमा लिन आदेश दिएको छ । उनीहरुलाई सामूहिक बलात्कारको आशंकामा हिरासतमा लिन अदालतले आदेश दिएको बीबीसीले जनाएको छ।


पीडित महिलाले गएको हप्ता भएको चुनावमा विपक्षी दललाई भोट दिएको भन्दै उनीहरुले सामूहिक बलात्कार गरेको आरोप लगाएकी छिन् । उनले गएको चुनावमा बंगलादेश नेश्नलिष्ट पार्टीलाई भोट दिएकी थिइन् । 

चार सन्तानकी आमासमेत रहेकी ती महिलामाथि चुनावको रातमा नै बलात्कार भएको थियो । घटनाको चौतर्फी चर्को विरोध भइरहेको छ । घटनापछि बलात्कारको आरोप लागेको ती नेतालाई पार्टीबाट निष्कासन गरिएको अवामी लिगले जनाएको छ । 

पीडित महिलाको श्रीमानले गएको हप्ता दिएको उजुरीमा भनेका छन्, केही मानिसहरु आधा रातमा नओखली जिल्लामा रहेको उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए । उनीहरुले उनका साथै चार बच्चालाई बाँधेर उनकी पत्नीमाथि बलात्कार गरेका थिए । 

उनीहरु गैसकेपछि छिमेकीले ३५ वर्षीय ती पीडित महिलालाई अस्पताल लगेका थिए । 

प्राप्त जानकारी अनुसार चुनावका दिन ती महिला भोट दिन गएको बेलामा ती पुरुषहरुले उनलाई विपक्षी दलका उम्मेदवारलाई भोट दिन भनेका थिए । स्थानीय सञ्चारमाध्यममा बताइएअनुसार त्यतिबेला ती महिलाले आवामी लिगका पूर्व स्थानीय नेता राहुल अमिनसँग रिसाएर प्रतिक्रिया दिएकी थिइन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य