२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

चुनाव सम्पन्न भएको दुई वर्षमा पनि मतगणना भएन

२४ पुष २०७५, मंगलवार ०७:१२

पुस २४, स्याङ्जा | वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको झण्डै दुई वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन ।

विसं २०७३ फागुन १८ गते स्ववियु चुनाव भएको थियो । चुनावपछि मतगणनामा विवाद भएपछि गणना स्थगन गरिएको हो । “मतदान प्रक्रिया शान्तिपूर्णरुपमा सम्पन्न भएको थियो”, इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भन्नुभयो, “मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखतका विषयमा विवाद भएपछि स्थगन गर्नु परेको हो ।”

मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखत नभएका पहिलो मुठामै दश मतपत्र भेटिएपछि नेविसङ्घले विरोध गरेको थियो भने अनेरास्ववियुले मतगणना गर्न माग गरेको थियो । “मेरो संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन दिन अगाडि बढ्याैँ”, प्रमुख निर्वाचन अधिकृत शर्माले भन्नुभयो, “क्याम्पसमा तत्कालै परीक्षाको समय भएको र छलफल निष्कर्षमा नपुगेकै कारण मतगणना हुन सकेन ।”

स्ववियुको अर्को चुनावको मिति पनि अब नजिकै आउन थालेकाले पुनः मतगणना हुने सम्भावना कम रहेको शर्मा बताउनुहुन्छ । क्याम्पसभित्रको समस्याका बारेमा क्याम्पस सञ्चालक समितिमा पटक–पटक यही विषयमा छलफल भएकोले अब छिट्टै विद्यार्थीसँग बसेर निष्कर्षमा पुगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले बताउनुभयो ।

“गणना र पुनः निर्वाचनले द्वन्द्व सिर्जना गर्ने अवस्था देखिने ठान्यौँ”, उहाँले भन्नुभयो, “छलफल गरी निचोडमा पुग्छौँ ।” त्रिविले तोकेको समयमा नयाँ संरचनाअनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गरी समाधानको बाटो अँगाल्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको रेग्मीको भनाइ थियो । मतपेटिका अहिलेसम्म पनि वडा प्रहरी कार्यालय वालिङमा शिलबन्दी गरी राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान