2026-09-14 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मलाकी आमाले राहत बुझे घरमै आएर आत्महत्या गर्ने बाबु र सौतेनी आमाको चेतावनी

पुष २६, कंचनपुर | साउन १० गते बलात्कार पछि हत्या गरिएकी १३ बर्षिय बालिका निर्मला पन्तको परिवारलाई तीनै तहका सरकारले १८ लाख रुपैया राहत दिने निर्णय गरेको थियो । राहतकै रकम बाँडफाँटको विषयमा अहिले निर्मलाको घरपरिवारमा विवाद चुलिएको छ ।

राहतको रकम आफुलाई पनि दिनुपर्छ भन्दै बाबु यज्ञराज र सौतेली आमाले माग गरेकाले विवाद चुलिरहेको सतहमै देखिएको छ । यस्तै परिवार अधिकारकर्मीले निर्मलामको यौनीबाट प्रहरीले संकलन गरेको पुरुषको बिर्य अर्थात भेनाईजल स्वाब हो वाई होईन भनि आमाबाबुबाट रगत दिएर डिएनए म्याचका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसामु माग राखे । तत पश्चिात अधिकारकर्मीले पनि यज्ञराजको रगतको नमुनाका लागि प्रयास गरे तर, सफल भएनन् । अधिकारकर्मी प्रेमबती रानाले अघिल्लो साता यज्ञराजले रगत दिन बोलाएर तर सम्पर्क नभएको बताएकी थिईन् । तर अहिले दुर्गाले १० महिना कोखमा राखेर जन्माएकी छोरीको न्यायका लागि भन्दै रगत दिएपछि निर्मलाको घरमा झैझगडा मात्र नभई कुटपिट समेत भयो । निर्मलाकी आमा दुर्गाले डिएनए म्याच र राहत बुझ्ने बताएपछि निर्मलाका बाबु यज्ञराज र सोतैली आमा लक्ष्मीले राहत बुझ्कै दिन दुर्गाकै घरमा आएर आत्महत्या गर्ने घोषणा गरेका छन् । निर्मला पन्तकी आमा दुर्गादेवि पन्तलाई उनकै श्रीमान यज्ञराज पन्तले कुटपिट गरेका छन् । निर्मलाकी आमा दुर्गाले डिएनए म्याचका लागि रगत दिएसंगै राहत बुझ्ने बताएपछि यज्ञराजले उनलाई भोलीपल्टै कुटपिट गरेका हुन् । बुधबार निर्मलाकी आमा दुर्गाले प्रहरीमा निवेदन दिएर निर्मलाकै यौनीबाट भेजाईनल स्वाब निकालिएको हो, वा होईन भनि एकिन गर्नका लागि रगतको नमुना दिएकी थिईन ।

 बिहीबार बिहानै निर्मला र दुर्गाकी छोरी बस्ने भीमदत्त नगरपालिका–२ उल्टाखाम घरमै पुगेर यज्ञराजले बर्ताहुन्छेस् भन्दै निर्मलाकी आमा दुर्गालाई कुटपिट गरे । ‘दुवै छोरी स्कुल गएका थिए, ‘म भान्साका भात पकाईरहेकी थिए, ‘दुर्गाले भनिन, ‘यज्ञराजले मेरो घाँटी च्यापेर मलाई नसोधेरै रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गर्यो ।’ भान्सामै यज्ञराजले दुर्गालाई कुटपिट गर्न थालेपछि दुर्गा भात पकाउन छाडेर भागेकी थिईन् । प्रेसर कुकरमा राखिएको भात सहित भाँडो जलेको थियो । भान्सामा कुटपिट गर्न थालेपछि आफु बाँच्नका बाहिर आएको उनले बताईन् । यज्ञराजले दुर्गाको मोबाईल पनि खोलेका थिए । अरुको इसारामा चल्ने भन्दै दुर्गाका कपाल तानतुन गरेर गाली गर्दै थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले यज्ञराजबाट मोबाईल मागेर दुर्गालाई बुझाईदिएको थियो । निर्मलाका बाबु यज्ञराज र सौतेले आमा लक्ष्मीले घरपरिवारसंग सल्लाह नै नगरि अरुले उस्काएको भरमा रगत दिएको र राहत बुझ्न राजि भएको आरोप लगाएका छन् । तर, निर्मलाकी आमा दुर्गाले न्याय पर्खिदा पर्खिदा दुई छोरीमाथी पनि अन्याय हुने भएकाले राहत बुझेर छोरीको भविष्य बनाउने भन्दै राहत बुझ्ने बताएकी थिईन् । निर्मलाकी आमा दुर्गा र सौतेले आमा लक्ष्मीविच पनि निर्मलाको बलात्कारपछि हत्याकाण्डमा आरोप प्रत्यारोप चल्यो । निर्मलाकी सौतेली आमा लक्ष्मीले निर्मलाको लास उखुबारीमा रहेको कसरी दुर्गालाई थाहा भयो, अनि आफु र आफ्ना मान्छे बिरुद्ध षड्यन्त्र रचेको आरोप लगाए । उनीहरु दुवैविच एक अर्काले निर्मलाको हत्या गराएको गम्भिर आरोप प्रत्यारोप भयो । यज्ञराज र लक्ष्मीले आफ्ना मान्छे र छिमेकीको नाम दुर्गाले प्रहरीलाई दिएर डिएनए म्याच गराएको आरोप लगाएका छन, भने निर्मलाकी आमा दुर्गाले सोतैली र श्रीमानकै कारण छोरीको यस्तो दुर्दशा भएको दुखेसो पोखिन् । निर्मलाकी सौतेली आमा लक्ष्मीले आफुलाई राहत र पैशाको रतिभरको लोभ नभएको र छोरीको न्यायका लागि धर्नामा बसेको बताउदै उनले छोरीले न्याय नपाउँन्जेलसम्म आन्दोलन जारी राख्ने बताउँदै थिईन् । उनले डा. गोबिन्द केसी पनि अनसनमा बसेकाले फागुनसम्ममा राहत नबुझ्न लक्ष्मीसंग आग्रह गर्दै थिईन् । निर्मलाका बाबु यज्ञराज र सौतेली आमा लक्ष्मीले दुर्गाले राहत बुझे निर्मला बस्दै आएको घरमा आएर आत्महत्या गर्ने घोषणा गरेका छन् । राहत बुझेपछि न्याय प्रभावित हुने भन्दै सौतेली आमा र यज्ञराजको तर्क थियो । तर, निर्मलाकी आमाले भने राहत बुझेर छोरीको भविष्य बनाउनुपर्ने तर्क गर्दै आएका छिन् । निर्मलाकी आमा दुर्गा भक्कानिदै श्रीमान र सौतेलीबाट यो जिन्दगीभर पीडाखेप्नु परेको बताईन् । तीनै सरकारले निर्मलाको परिवारलाई १८ लाख रुपैया राहत दिने घोषणा गरेपछि निर्मलाका बाबु यज्ञराजले भाँसीमा लगाएको घरको ऋण तिर्नका लागि माग गरेको हुँदा रकमकै कारण धर्ना र उनीहरुको घरमा किचलो भईरहेको स्थानीयको भनाई थियो । निर्मलाका बाबु यज्ञराज पन्तले आफुले श्रीमतीलाई कुटपिट नगरेको दावि गर्दैै किन सल्लाहबिनै रगत दिएको र राहत बुझ्ने भनेर सोधेको मात्रै बताए । ‘मैले शुरुदेखि छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिए, ‘यज्ञराजले भने, ‘अहिले आएर अरुको उस्काहटमा लागेर राहत बुझ्ने रगत दिने ।’ 

आफु पुषको महिनामा धर्नामा बसेर चिसो खाईरहेको भन्दै रगत नदेउ भन्दा भन्दै दिएको र सरकारले घोषणा गरेको रकम कहि नजाने भन्दै आफ्नो सहमति बिनै बुझ्छु भनेपछि आपत्ति जनाएको बताए । अधिकाँस स्थानीयले निर्मलाकी आमा दुर्गाकै नाममा पुरै राहतको रकम जम्मा गरिनुपर्ने धारणा अघि सारेका छन् । दुर्गामाथी कुटपिट भईरहेको खबर पाएपछि दवावमुलक संघर्ष समितिका अधिकारकर्मी सहितका अधिकारकर्मी गएर दुर्गालाई सान्त्वाना दिएका थिए । दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठ, सदस्यहरु पितिधिर भण्डारी, रामेश्वरी रावल, गंगा पाण्डे, अधिकारकर्मी माया नेगी लगायतका अधिकारकर्मीले दुर्गालाई सम्झनाउदै न्यायका लागि सिङ्गो जनता र आफुहरु साथमा रहेको बताएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले