२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यही सरकारले नेपाल समृद्ध बनाउँछ: प्रवक्ता श्रेष्ठ

२०७५, २६ पुष बिहीबार ०८:१४

राम नारायण पंडित । पौष २६, सिरहा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै उनले नेताहरुविचको मतभेदले सरकार फेरिन्छ भन्ने धेरैलाई लागेकोले सरकार परिवर्तको कुनै सम्भावना नभएको स्पष्ट गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने समेत उनले दाबी गरे । उनले भने “यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराव कामहरुको आलोचनात्मक ढंगले विरोध गर्नु पर्ने हुन्छ ।”

प्रवक्ता श्रेष्ठले राष्ट्रिय अखण्डतालाई टुक्रायाउन खोज्नेलाई परास्त गर्ने चेतावनी दिएका छन् । देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सह्य नहुने उनले बताएका छन् । विखण्डनकारी विरुद्ध एकढिक्का बनाउनु पर्ने भन्दै उनले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने दाबी गरेका छन् । 


“समाजिक सुरक्षाभत्ता पाँच हजार पुर्याउछौं”–उपप्रधानमन्त्रि पोखरेल

स्मृति दिवसलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकिरहेको बताएका छन् । बर्तमान सरकार संयन्त्र सहितको परिवर्तन भएको भन्दै उनले नयाँ कानुन बनाउँदै कामलाई अगाडी बढाउनु पर्ने भएकाले काम नभएको जस्तो मात्र देखिएको जिकिर गरे । 

सरकारले फाल्गुन मसान्त भित्रै सवै कानुन बनाएर विकास निर्माणका कामलाई तिव्रता दिने उनले बताए । मन्त्री पोखरेलले बर्तमान सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने दाबी गरे । उनले भने  “हामीले समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने भनेका छौं, त्यो यही सरकारले पुर्याउँछ ।” 

मन्त्री पोखरेलले कमला सुनकोसी डाइर्भसन र सुनकोशी मडिन डाइभर्सनको कामलाई अगाडी बढाएर तराइको उर्वर जमिनमा सिंचाई गरी किसानलाई खुसहाली बनाउने दाबी गरे । अंगिकृत नागरिकता बाँडेर नेपाली जनतालाई अल्पमतमा पार्ने पक्षमा नरहेको समेत उनले बताए । उनले भने “अंगिकृत नागरिकताको भेल बाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौं, ‘सरकारले विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छ ।”

नेपाल बहुजाती, भाषा, धर्म भएको देश रहेको भन्दै मन्त्री पोखरेलले हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथली भाषाको हत्या गर्न नदिने बताए । उनले भने  “तराइको धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई  सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौं ।”

किसान नेता जयगोविन्द साहको जन्म वि.सं. १९७६ सालमा सिरहाको जेलमा भएको थियो भने वि.सं. २०४६ साल पौष २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको साहको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् । 

स्मृति सभामा नेकपाका नेता धर्मनाथ साह, महेन्द्र पासमान, अजय शंकर नायक, बिश्बनाथ साह, प्रदेश २ का अध्यक्ष प्रभु साह, संघिय सांसद लिलानाथ श्रेष्ठ, बोधमाया यादब, प्रदेश सांसद सत्यनारायण मंडल, रामकुमार यादब, दिलिप साह लगायतकाले सम्बोधन गरेका थिए । उक्त क्रममा बिभिन्न पार्टी परित्याग गरी २ दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी