2026-09-18 11:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हद पार गरेर प्रेम गर्छन् यी पाँच राशी भएका मानिसहरु !

हरेक व्यक्तिमा आ-आफ्नै विशेषता हुन्छ । कसैमा केही कुरा विशेष हुन्छ भने कसैमा केही । तर राशीका आधारमा यी भिन्न भिन्न मानिसहरुबिच केही समानता पाउन सकिन्छ । राशीको आधारमा केही यस्ता कुरा छन् जसमा स्वभाव, चरित्र, रुची, अरुची आदि कुराहरु समावेश हुन्छन् । उदाहरणका लागि यदि तपाईंको राशी कसैसँग मेल खान्छ भने तपाईं यो बुझ्नुहोस् कि तपाईं र ती व्यक्तिहरुबीच केहि न केहि समानता छ ।

यसै कुरालाई ध्यानमा राखेर आज हामी तपाईंलाई यस्ता राशी र उनीहरुसँग सम्बन्धित मानिसहरु बारे कुराकानी गर्दैछौं जसलाई सामान्य भाषामा ‘क्लिंगी’ वा भावनात्मक रुपले निर्भर मानिन्छ । यी राशी केही यस्ता छन् जो यदि कोहीसँग भावनात्मक रुपमा जोडिन्छन् भने उनीहरुलाई हरेक समय उनीहरुको आवश्यकता हुन्छ ।

१. मिथुन राशीः- यो श्रेणीमा सबैभन्दा पहिलो नाम छ मिथुन राशी को । मिथुन राशी भएका मानिसहरु यदि आफ्नो कुनै योजना बनाउँछन्, उनीहरु निकै उत्साहित हुन्छन् र सिधै यसको निष्कर्षमा पुगेको सपना देख्न थाल्छन् । उनीहरु आफ्ना साथी र आफ्ना लागि निकै ठूल्ठूला सपना देख्ने गर्दछन्, जुन थुप्रै पटक पूरा गर्न मुश्किल हुन्छ ।

तर यदि कुनै कारणवश ती सपनाहरु पूरा नभए उनीहरुलाई निकै तनाव लाग्छ । उनीहरु आफ्नो जीवनसाथी बिना वा उनीहरुबाट टाढा भएर केही पनि सोच्नै सक्दैनन् ।

२. कर्कट राशीः- यदि कुनै व्यक्तिले कर्कट राशी भएकाहरुसँग प्रेम सम्बन्ध निभाउने अवसर पाए बुझ्नुहोस् कि त्यस्ता व्यक्ति निकै भाग्यमानी हुन्छन् । एक विश्वास पात्र र इमान्दार साथी के हुन्छ, त्यो कुरा कर्कट राशी भएका व्यक्तिसँग प्रेम गर्नेलाई थाहा हुन्छ ।

कर्कट राशी भएकाहरु प्रेमका साथै आफ्नो समस्या, पीडा र गुनासो भन्न पनि निकै राम्रोसँग आउँछ । उनीहरु तपाईंलाई आफ्नो शत प्रतिशत दिने गर्दछन् र तपाईंबाट पनि यसैको अपेक्षा गर्दछन् । कर्कट राशी भएकाहरु पूर्ण रुपमा आफ्ना पार्टनरमाथि निर्भर हुन्छन् । उनीहरु आत्मनिर्भर भइकन पनि आफ्ना साथीप्रति निर्भर हुन्छन् । उनीहरुलाई हरेक समय आफ्ना साथीसँग बस्न मनपर्छ । उनीहरु निकै उत्कृष्ट जीवनसाथी हुनेछन् ।

३. कन्या राशीः- कन्या राशी भएकाहरुलाई निकै लचिलो मानिन्छ । उनीहरु तपाईंको जीवनमा आइपर्ने कुनै पनि समस्याको अगाडि झुक्दैनन् । यसको साटो उनीहरु यसको डटेर सामना गर्दछन् । यदि उनीहरु कुनै सम्बन्धमा छन् भने आफ्नो शत प्रतिशत दिने गर्दछन् । उनीहरुका लागि प्रेमीभन्दा ठूलो अरु कोही पनि हुँदैन ।

उनीहरुको ध्यान कहिले पनि आफ्नो प्रेमीभन्दा बाहिर हुँदैन त्यसकारण उनीहरुलाई निकै क्लिंगी मानिन्छ । प्रेमीले के खाइरहेको छ, कोसँग छ, के खाइरहेको छ, कहिले सुत्छ, कहिले उठ्छ। यी सबै कुराको जानकारी हुनुपर्छ । यो स्वभावका कारण उनीहरुको सम्बन्ध धेरै लामो समय टिक्न पाउँदैन ।

४. कुम्भ राशीः- कुम्भ राशी भएकाहरुले जसलाई आफ्नो जोडी बनाए, बुझ्नुहोस् ती व्यक्तिलाई उनले जीवनभर साथ दिनेछन् । उनीहरु कुनै पनि हालतमा आफ्नो साथीसँग टाढा भएर बस्न सक्दैनन् । जोसँग उनीहरु भावनात्मक रुपले जोडिन्छन् ती व्यक्तिप्रति सधैं इमान्दार हुन्छ र उनीहरु बिना आफ्नो जीवनको अर्थ देख्दैनन् ।

५. मीन राशीः- जुन प्रकारको सम्बन्ध मीन राशी भएका व्यक्तिहरुले आफ्ना पार्टनरसँग राख्छन् त्यो अरु कसैले पनि राख्न सक्दैनन् । उनीहरु आफ्ना साथीको विषयमा निकै केयरिङ र भावुक हुने गर्दछन् । उनीहरुका लागि संसारमा सबैभन्दा महत्पूर्ण व्यक्ति प्रेमी, प्रेमिका वा जीवनसाथी हुन्छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई