2026-09-14 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीमा परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

माघ ६, नवलपरासी । नवलपरासीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् | शनिवार नवलपरासीको चिसापानी जंगलमा हत्या गरि फालिएको अवस्थामा उनको शव फेला परेको हो | 

जिल्लाको वर्दघाट नगरपालिका–२ की २१ वर्षीया कमला थरुनी चौधरीको शव शनिवार दाउरा–घाँस गएका महिलाहरुले चिसापानी जङ्गलमा देखेर प्रहरीलाई खबर गरेका थिए ।

उनलाई आफ्नै श्रीमान् सुनिल चौधरीले हत्या गरेर जङ्गलमा फालेको निजले नै स्वीकार गरेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

श्रीमतिको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा श्रीमान्ले हत्या गरेको स्वीकार गरेको छ । साथै श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।

उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । 

श्रीमतिको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए ।

त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सिंहले बताए ।

उनले कसैले बलात्कार गरेर हत्या गरेको भन्ने पार्न र आफु बच्न श्रीमतीको भित्री बस्त्र  फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेको समेत स्वीकार गरेका छन् |

बुहारीको शव लुकाउन ससुराले समेत भूमिका खेलेको पाइएपछि उनलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बालिस्टर सिंहले बताए । 

श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपि, उनले आफूलाई ‘श्रीमतिको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ । महिलाको शव फेला परे लगत्तै प्रेमिकालाई सूचना दिँदै आफ्नै श्रीमानले हत्या गरेको त्यहाँको प्रहरीले पत्ता लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ