८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्याङ्जामा ‘क्रस–कन्ट्री’ दौड प्रतियोगिता हुने

८ माघ २०७५, मंगलवार ०७:२९

माघ ८, काठमाडौं | सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार–९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नारासाथ ‘क्रस–कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संस्थाका प्रमुख सल्लाहकार एवं गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युकेका युथ को–अर्डिनेटर लालबहादुर गुरुङले ग्रामीण क्षेत्रमा राष्ट्रियस्तरको खेलकूद प्रतियोगिता आयोजना गर्न सकिने सूचना अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौँ ।” नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन्, इतिहास र आफ्नो धरातल बिर्सिंदै जाने क्रम बढेकाले सबैको ध्यान तान्न प्रतियोगिता गर्न लागेका उहाँको भनाइ थियो । 

प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साइकल रुट निर्माण गरी साइकिलिङ गर्ने, पौडी पोखरी निर्माण गरी प्रतियोगिता आयोजना गर्ने र प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्ने गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताका बेला स्थानीय सोरठी, घाँटु, कौरा, चुड्का, सालैजोलगायतका स्थानीय झाँकी प्रदर्शन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार क्रसकन्ट्री दौड १४ किमी (२१ वर्षमुनिका) र ३१ किमी (खुला) दुई समूह बिहान ९ बजे शुरु हुनेछ । पुतलीबजार–९ कोल्मा बराहचौरबाट शुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ । त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्धितीय हुनेलाई रु १५ हजार, तृतीयलाई रु १० हजार पुरस्कार दिइनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार, तृतीय हुनेलाई रु ३० हजारको पुरस्कार दिइनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए