२०८२, १ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाण्डौमा ओप्स खेलकूद महोत्सव शुरु,१६ विद्यालयको सहभागिता

२०७५, ८ माघ मंगलवार १०:०२

माघ ८, काठमाण्डौ | अर्गनाइजेसन अफ प्राइभेट स्कूल (ओप्स) को आयोजनामा बृहत् खेलकूद महोत्सव आजदेखि शुरु भएको छ । 

महोत्सवअन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कूलले एथलेटिक्स, लालीगुराँसले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेव स्कूलले भलिबल खेल सञ्चालन गरिने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । 

महोत्सवअन्तर्गत छात्र फुटबल आजदेखि शुरु भएको छ । सिर्जना ज्ञानसागर स्कूलको संयोजनमा हुने प्रतियोगितामा ओप्सअन्तर्गतका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो । 

एथलेटिक्स तथा फुटबल प्रतियोगिता तारकेश्वर नगरपालिका–५ गोलढुङ्गास्थित मैदानमा हुनेछ । एथलेटिक्सको प्रतिस्पर्धा माघ ११ गते हुनेछ । पुरुष फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मनास्लु, मस्र्याङ्दी, पुष्पकुञ्ज र न्युटन, समूह ‘बी’मा एन्जेल हर्ट, विभूति, प्रगति र ज्ञानमन्दिर रहेका छन् । 

यसैगरी समूह ‘सी’मा हिमरश्मी, सिएचए, सेब र मञ्जरी तथा समूह ‘डी’मा कौशल, सृजना ज्ञानसागर, फेरील्यान्ड र लालीगुराँस रहेका छन् । प्रतियोगिताका खेल लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल अटोरिक्सा र टिपर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?