<p>माघ ९, कावासोती | पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । <br></p><p>काठमाडाँैबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्ँिकदा दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।</p>
January 23, 2019
काठमाडौँ - KTM, नवलपुर - NWL, समाज
नवलपरासीमा यात्रुवाहक बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ यात्रु घाइते, ७ गम्भीर
By kit
2 मिनेट पढाइ










