2026-09-14 04:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला अब आफ्नो अधिकार खोज्न अगाडी बढ्नुपर्छ: पूर्व सांसद चापागाई

माघ ९, पर्वत । गाउँका कुनाकन्दरामा चुलोचौकोमा मात्रै सिमित भएका महिला दिदिबहिनीहरु आफ्नो अधिकार खोज्नको लागि अब अगाडी बढ्नुपर्ने बेला आएको पूर्व सांसद कल्पना चापागाई जोशीले बताएकी छिन् ।

महिलाहरुको हक अधिकार संविधानमा उल्लेख भएको र सोही अनुसार देश संघीयता चलिरहेको बताउँदै अब नेतृत्व लिनको लागि महिलाहरु अग्रसर हुनुपर्नेमा उनले जोड दिएकी हुन् ।

रेडियो दिदिबहिनीकी संस्थापक अध्यक्ष समेत रहेकी चापागाईले रेडियोले आयोजना गर्न लागेको ११ औं गण्डकी प्रदेशस्तरी महिला महोत्सवको प्रचारप्रसारको लागि बागलुङमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।

हरेक वर्ष महोत्सव

यही माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सवको आयोजना हुँदैछ । रेडियो दिदिबहिनीले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएको छ । वर्षमा दुई पटकसम्म महोत्सववको आयोजना गर्ने गरेको रेडियोले दुइ वर्ष यता बर्षमा एक पटक मात्रै महोत्सवको आयोजना गर्दै आएको हो । नारी दिवस र अन्तराष्ट्रिय महिला श्रमिक दिवसको आयोजना तथा तीजको अवसर पारेर रेडियोले महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता

महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता राखिएको छ । तीन विभागीय टिमसहित न्यू डाइमण्ड, घरेलु टिमको सहभागीता रहने छन् । प्रतियोगितामा विजेता हुने टिमले २ लाख, द्धितियले १ लाख र तृतीय हुनेले ५० हजार रुपैयाँ पाउने छन् ।  पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना समेत गरिएको छ ।

त्यस्तै दिदिबहिनी डान्स आइडल प्रतियोगिता समेत यो बर्षदेखि शुरु हुने भएको छ ।  प्रथम डान्स आइडलको विजेताले ५० हजार, द्धितियले ३० र तृतीयले २० हजार नगद पाउनेछन् । त्यसैगरी खुला दौड प्रतियोगिता समेत आयोजना हुने भएको छ । दौडका विजेताले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार नगद प्राप्त गर्नेछन् ।

दर्जनौ प्रतियोगिता

रत्यौली, भजन, पञ्चेबाजा, र्याली प्रतियोगिता पनि महोत्सवमा हुनेछन् । रत्यौली प्रतियोगितामा विजेता हुने टिमले २५ हजार, द्धितियले १५ र तृतीयले १० हजार पाउनेछन् त्यसैगरी र्याली तथा विभिन्न झाँकी प्रतियोगितामा विजेता हुनेले २० हजार, १५ हजार र १२ हजार पाउनेछन् भने भजन प्रतियोगितामा विजेता हुनेले १५ हजार, द्धितियले १० र तृतीय हुनेले ७ हजार पाउनेछन् ।

दर्जनौ कलाकारको प्रस्तुती

महोत्सव अवधीभर दर्जनौ राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने रेडियोकी अध्यक्ष चापागाइले सहारापाटीलाई बताइन् । उनका अनुसार कोमल वली, रामजी खाँड, पशुपति शर्मा, राधिका हमाल, प्रमोद खरेल, देवी घर्ती मगर, राजन कार्की, शिव हमाल, अन्जु पन्त, कुलेन्द्र विश्वकर्मा, मन्जु पौडेल, शोभा त्रिपाठी, कश्तुप पन्त, यम क्षेत्री, माग्ने बुढा, जितु नेपाल, ज्योति मगर, बले कक्रोज, र्पुखे बा, बशन्त थापा, प्रकास सपुत, राजा राजेन्द्र, ज्योति मगर लगायतको प्रस्तुती रहनेछ ।

६० लाखको कारोबार

दश दिनसम्म संचालन हुने महिला महोत्सवमा ६० लाखको कारोबार हुने पूर्व सांसद चापागाईले बताइन् । महोत्सवमा १ सयभन्दा बढी स्टलहरु रहने छ । हामीसँग यत्रो धन भएर महोत्सवको आयोजना गरेको होइन, सबैको साथ र सहयोग हुने अपेक्षाका साथ हामीले महोत्सवको आयोजना गर्न लागेको हो  अध्यक्ष चापागाइले भनिन् । विगतको बर्षमा झै यस बर्षमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका छौं उनले भनिन् ।

जेष्ठ, अपाङ्ग र एक महिलालाई निशुल्क

महोत्सवमा अपाङ्कता भएका ब्यक्ति, जेष्ठ नागरिक, एकल महिलालाई परिचयपत्रका आधारमा टिकट नलाग्ने भएको छ । महोत्सवमा आउनले एकल महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्रका आधारमा निशुल्क गरिनेछ उनले भनिन् । महोत्सवका ६० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीहरुलाई ४० को टिकट लाग्ने उनले बताइन् ।

प्रचारप्रसार तीब्र

महोत्सव  शुरु हुन अब १९ दिन मात्रै बाँकी रहेकाले आयोजक प्रचारप्रसारमा तीब्र गतिले लागेको छ । जिल्ला जिल्लामा महोत्सवबारे जानकारी दिनको लागि पत्रकार सम्मेलनको आयोजनादेखि ठाउँठाउँमा पोष्ट, ब्यानर टाँस्ने काम तिब्र पारिएको महोत्सव संयोजक दुर्गा शर्माले सहारापाटीलाई बताइन् ।

२०६६ साल फागुन २४ गते १०९ औं अन्तराष्ट्रि श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चल स्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ