१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चाया कसरी आउँछ ? चाया हटाउने घरेलु तरिका यस्ता छन् ! जानी राखौ

१२ माघ २०७५, शनिबार ०४:५९

जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना हुने, आत्मविश्वास कम हुने र आत्मबल कमजोर हुने जस्ता समस्याबाट चिन्तित हुनुपर्ने अवस्था आउन सक्छ ।

चाया आउने कारणहरु

-जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा टाउकोलाई प्रयाप्त हावा प्राप्त हुँदैन, जसको कारण टाउकोमा चाया बढ्छ ।

-दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ । 

-टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । यति मात्र नभई अस्वस्थकर आहारको कारणले पनि कपाल ओयली हुन्छ, जसको कारणले कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

चाया हटाउने घरेलु तरिका

-एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५÷२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया कम हुन्छ । 

-अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया घट्छ । 

-रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

-करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

-दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया कम हुन्छ । 

-सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

-नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

-एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल