2026-09-14 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीदेखि विश्व कीर्तिमानसम्म रोहित

कुमार चौलागाईं | माघ १४, काठमाडौँ (रासस) | नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जानुअघि रोहितकुमार पौडेलको नाम सुन्ने कमै नेपाली क्रिकेटका फ्यान थिए । 

अहिले यूएइविरुद्धको दोस्रो खेलमा सबैभन्दा कम उमेरमा अर्धशतकीय पारी खेल्ने विश्व रेकर्ड कायम गरेपछि उनको चर्चा एकाएक चुलिएको छ । उनको चर्चा चुलिनुमा कम उमेरमा अर्धशतक मात्र होइन विश्व क्रिकेटका महानहस्तीद्वय भारतका सचिन तेन्तुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको रेकर्ड तोड्नुले पनि रहेको छ । 

रोहितले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका छन् । उनले ५५ बलमा अर्धशतक पूरा गरेर युएईविरुद्ध ५५ रन बनाएर आउट भए । 

यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्ने विश्वकै कान्छो खेलाडी बन्ने विश्व रेकर्ड कायम गरेका रोहित नवलपरासीका हुन् । उनले बाल्यकालमा नवलपरासीमै क्रिकेट खेलेका थिए । 

नवलपरासीमा रहँदा रोहितले टेनिस बल क्रिकेट खेल्न शुरु गरेका थिए । क्रिकेट भनेपछि भुतुक्कै हुने उनले पढाइभन्दा क्रिकेटलाई बढी महत्व दिन थालेपछि रोहितका बाबु कुमार पौडेल र दाई राजु पौडेलले उनलाई काठमाडौँ क्रिकेट सिक्न पठाउने निर्णय गरेका थिए । 

काठमाडौँ आएपछि रोहितले बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिक्न थाले । बालुवाटारस्थित एकेडेमीमा रोहितले एक वर्ष कठिन मेहनत गरे । त्यसपछि रोहितले तीन महिना दिल्लीमा पनि क्रिकेट प्रशिक्षण गरेका रोहितका दाजु राजुले बताउनुभयो । 

सन् २०१६ मा श्रीलङ्कामा सम्पन्न यू–१९ एशिया कप प्रतियोगिताको लागि टिम छनौट गर्न देशभर ‘ट्यालेन्ट हन्ट’को आयोजना गरिएको थियो । त्यसै क्रममा रोहित भैरहवामा आयोजित ‘ट्यालेन्ट हन्ट’ मा पुगे । प्रशिक्षक विनोद दास र जगत टमाटाले उनको प्रतिभा पहिलो पटक देखेपछि छनोट हुन सफल भएका थिए । 

“रोहितका प्रतिभा देखेपछि उनलाई देशभरबाट चुनिएका ५२ खेलाडीको सूचीमा राखियो, ट्यालेन्ट हन्टमा छनौट भएका ५२ खेलाडीमध्येबाट २४ जना र २४ बाट श्रीलङ्का जाने यू–१९ राष्ट्रिय टिममा रोहित छनौट भएका थिए”, पूर्व राष्ट्रिय खेलाडी विनोद दास सम्झनुहुन्छ । 

उक्त प्रतियोगितामा भारतसँगको दोस्रो खेलमा रोहितले अविजित ६८ रनको इनिङ खेलेका थिए । उक्त खेलमा नेपाल पराजित भए पनि रोहितले भने आफ्नो क्षमता पहिलो पटक प्रदर्शन गरे । यु–१९ टिमको प्रदर्शनपछि नेपाली घरेलु टि–२० क्रिकेट प्रतियोगिताहरुमा रोजाइमा परेका रोहितले २०१७ को एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडिएटर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । 

त्यस्तै नेपालले २०१७ मा खेलेको यू–१९ विश्वकप छनौट तथा यू–१९ युथ एशिया कपमा रोहितले प्रतिनिधित्व गरे । यू–१९ एशिया कपमा नेपाल बङ्गलादेशसँग २ विकेटले पराजित हुँदा रोहितले शानदार ४० रनको इनिङ खेलेका थिए । 

त्यसैगरी २०१८ फेब्रुअरीमा नेपालले नामिबियामा खेलेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा रोहितले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाए । उक्त प्रतियोगितामा रोहितले केन्यासँगको खेल नेपाललाई कठिन परिस्थितिमा ब्याटिङ गर्दै जिताएका थिए । नेपालको १७८ रन लक्ष्य स्कोर ८२/५ पुगिसकेको थियो । त्यस क्रममा रोहितले सातौँ नम्बरमा ब्याटिङ गर्दै ४७ रनको शानदार इनिङ खेलेका थिए भने आरिफ शेखसँग छैठौं विकेटको लागि ८७ रनको साझेदारी गरेका थिए । 

नवलपरासी हुँदै काठमाडौँ र दिल्ली, भैरहवाको ट्यालेन्ट हन्ट हुँदै यु–१९ राष्ट्रिय टिमको यात्रा गरेका रोहितले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । कठिन परिस्थितिमा ब्याटिङ गर्न सक्ने अद्भूत क्षमता पाएका रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बन्न सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ