२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका सबै स्थानीय तहमा नेकपाको पदाधिकारीको टुङ्गो लाग्यो

१६ माघ २०७५, बुधबार १०:५७

माघ १६, घोराही | दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । 

प्रदेश नं ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लाग्न सकेको थिएन । आज बसेको प्रदेश कार्यालयको बैठकले तीन वटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टु्ङ्गो लगाएको हो । 

घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ । लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका वसन्तराज शर्मा सचिव बन्नुभएको छ । 

राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल सचिव बन्नुभएको छ । 

त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का अध्यक्ष र पूर्वएमालेका शङ्कर चौधरी सचिव बन्नुभएको छ । 

बङ्गलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कुँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबई गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ । 

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ । 

बैठकले फागुनको पहिलो हप्ता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ । त्यस्तै फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने शहीद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो । बैठकले स्ववियु निर्वाचनलाई सहयोग गर्नेलगायत अन्य निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की