२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टी–२० क्रिकेट: शृङ्खला जोगाउन नेपालले आज युएईलाई जित्नैपर्ने

१८ माघ २०७५, शुक्रबार ०३:३७

माघ १८, काठमाडौँ (रासस) | संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । 

तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । 

आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ । 

पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृङ्खलामा कब्जा जमाउन सफल नेपाल उच्च मनोबलका साथ मैदान उत्रनेछ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्धको दोस्रो खेलका लागि मैदानमा उत्रँदा नेपाल शृङ्खला जोगाउने लक्ष्यमा हुनेछ । 

पहिलो टि–२० खेलमा २१ रनले पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै तीन खेलको शृङ्खला एक–एक जीतको बराबरी गर्न चाहन्छ तर, घरेलु टोलीविरुद्ध नेपाललाई जीत निकाल्न निकै कठिन हुनेछ । 

टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको नेपालले अहिलेसम्म टी–२० शृङ्खला जित्न सकेको छैन् । शृङ्खला जिते यसपटक नेपालले अर्को इतिहास रच्नेछ । नेपालले हालसम्म दुई टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिसकेको छ । बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको शृङ्खला खेलेको थियो तर, उक्त शृङ्खलाका चार खेल वर्षाको कारण रद्द भएको थियो । अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो । 

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृङ्खला खेलेको थियो । जसमा नेपालले शृङ्खला तीन–एक ले गुमाएको थियो । पहिलो रोजाइका ब्याट्सम्यानले रन बनाउन नसक्दा बिहीबारको खेलमा पराजित हुनुपरेको बताउँदै नेपाली टोलीका कप्तान पारस खड्काले बिहीबारको गल्ती सच्याउँदै आज मैदान उत्रने बताए । 

“नेपालका शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले विजयी इनिङ्स खेल्न सकेनन् । सन्दीप जोराले एक्लै ५३ रन बनाउँदा नेपालका शीर्ष पाँच ब्याट्सम्यानले बनाएको कुल रन ४० मात्र रह्यो”, खड्काको भनाइ थियो । 

एक दिवसीय शृङ्खलामा पनि नेपालले पहिलो खेल गुमाएको थियो भने पछिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला आफ्नो पक्षमा पारेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली