२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

बजेट कार्यान्वयनमा ढिला गर्नु हुन्न: पुर्वमन्त्री सोडारी

२०७५, २२ माघ मंगलवार ०७:०३

माघ २२, धनगढी | सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले आर्थिक बर्ष २०७५÷०७६ को विनियोजित बजेट कार्यन्वयन हुन नसके विकास भाषणमा मात्र सिमित हुने बताएका छन । 


सोमबार कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ खुरखुररिया मा रहेको शिद्धबाबा आधारभुत विद्यालयको २६ औं बार्षिक उत्सब समारोहमा बोल्दै सोडारीले प्रदेसका विभिन्न मन्त्रालयले विनियोजन गरेको बजेट र्दुतरुपमा कार्यान्वयन हुनुपर्ने धारणा राखे । 

उनले भने–‘बजेट विनियोजन भएको आधा बर्ष भैसक्यो जनता माझ आउन सकेको छैन, ‘अहिले तट्कारो भनेको बजेट तिव्र गतिमा कार्यान्वयन गर्ने बेला हो’ । अबको समय जनताको काम गर्ने बेला भएको भन्दै मन्त्री सोडारीले तिनवटै सरकार मिलेर विकास निर्माणका कार्यलाई तिब्रता दिनुपर्ने औल्याए । 


कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रदेस सभा सदस्य सोडारीले आफ्नो निर्वाचन क्षेत्रका सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउन आफु लागि परेको बताए । निशुल्क र अनिवार्य शिक्षा सरकारको नारा रहे पनी कतिपय ग्रामिण क्षेत्रका विद्यालयले अभिभावक शुल्क भनेर शिक्षक लाई पाल्नु पर्ने अवस्था छ, मन्त्री सोडारीले भने । 

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रामप्रशाद चौधरीले स्वागत गरेका थिए । बार्षिक उत्सबमा विद्यालयले सञ्चालन गरेका विभिन्न खेल तथा प्रतियोगितामा उत्कृष्ट हुने लाई पुरष्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु