2026-09-13 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा बस र टेम्पु ठोक्किँदा एक जनाको मृत्यु

फागुन १, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा आज बिहान स्कूल बस र टेम्पु एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पु एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । 

जङ्गली हात्तीको आतङ्क 

सिरहाको उत्तरी क्षेत्रमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि स्थानीय जाग्राम बस्न बाध्य भएका छन् । चुरे जङ्गलसँग जोडिएको सिरहाको गोलबजार नगरपालिका–३ जमदह, मुसहर्निया र गोलागाउँमा केही दिनदेखि जङ्गली हात्तीले घर, शौचालय भत्काउनुका साथै गहुँबारी, टमाटरलगायतका खेती नष्ट पार्न थालेपछि स्थानीयवासी हात्ती धपाउन जाग्राम बस्न बाध्य भएका हुन् । 

रातिको समयमा जङ्गलबाट हात्ती आउने र घर भत्काएर धनजनको क्षति पु¥याउने गरेकाले स्थानीय समूह बनाएर जाग्राम बस्ने गरेको गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिनुभयो । 

जङ्गलबाट गाउँ पसेका हात्तीको समूहले स्थानीय लक्ष्मण राईको थाङ्ग्रामा राखिएको करीब सात क्विन्टल मकै खाएको वडाध्यक्ष मोक्तानले जानकारी दिनुभयो । यस्तै मुसहर्निया गाउँका प्रकाश मल्लिकको शौचालय भत्काउनुका साथै भान्सा घरमा राखिएको करीब ३० केजी चामल खाएको हात्तीले चिनीमाया तामाङको भान्सा घर भत्काएको स्थानीयवासीले बताएका छन् । 

हात्तीले जमदह गाउँका गोपाल बुढाथोकीको भान्साघर पनि भत्काएको छ । बुढाथोकीले भन्नुभयो, “छोराछोरीसहित सुतिरहेका बेला आएको हात्तीको समूहले भान्सा भत्काउन थालेपछि आफूहरु सुतेको घरको खाटमुनि लुकेर ज्यान जोगायौँ ।” 

यस्तै स्थानीयवासी रमेश साह र कृष्णदेव साहको करीब १० कठ्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली नष्ट पार्नुको साथै दुई कट्ठामा गरिएको गोलभेँडा खेतीसमेत नष्ट गरेको छ । करीब दुई महीनाअघि पनि जङ्गली हात्तीको समूहले जमदहका तीन जनाको घर भत्काइ दिनुका साथै घरमा राखेको धान चामलसमेत खाएको वडाध्यक्ष मोक्तानले बताउनुभयो । 

त्यस्तै धनगढीमाई नगरपालिका–१३ मा पर्ने उत्तरी गाउँमा पछिल्लो तीन दिनदेखि जङ्गली हात्तीको कारणले स्थानीय बासिन्दा आतङ्कित भएका छन् । हात्तीले भुल्किया जोगी डाँडाका राजेन्द्र लामा र सुवे यादवको घर भत्काउनुका साथै भकारीमा राखिएको धान चामल खाएको वडाध्यक्ष सूर्यमान तामाङले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले