पढ्न करिब 1 मिनेट लाग्छ
<p>फागुन २, काठमाडौं । कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको बताइएको छ । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/383c9da0939072e5fbeb0a5e453f7b751550142198.png" style="width: 888px;"><br></p><p>पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको एक घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) आभुषण तिम्सिनाले जानकारी दिए । घरमा लुकाएर राखेको अवस्थामा १०८ टुक्रा सुनको बिस्कुट फेला परेको घट्नास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरले बताएका छन् ।</p>

