2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालद्वारा मलेसिया ३४ रनले पराजित

फागुन ७, एजेन्सी  | थाइल्यान्डमा जारी आईसीसी वुमन्स क्वालिफायर एसिया अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियामाथि ३४ रनको जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ५ विकेट गुमाइ १२६ रन बनाएको थियो ।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाको महिला टोलीले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनायो ।  नेपालका लागि सरिता मगर र करुणा भण्डारीले मलेसियाको २–२ विकेट लिए । त्यसैगरी करूणा कुँवर र सीता राना मगरले १-१ विकेट लिए । 

 ब्याटिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । पहिलो विकेटका लागि काजल श्रेष्ठले र सीता रानामगरले  ४६ रनको साझेदारी गरेका थिए । नेपालका लागि सीता राना मगरले सर्वाधिक ४२ रन बनाइन ४० बल खेलेकी उनले २ चौकासमेत प्रहार गरिन ।  कप्तान रुबिना क्षेत्रीले २५ बलमा ३३ रन बनाइन भने काजल श्रेष्ठले १६ रनको योगदान गरिन ।  

प्रतियोगितामा एसियाका एसोसिएटतर्फका शीर्ष सात टोलीको सहभागीता रहेको छ । नेपाल सहित थाइल्याण्ड, युएई, हङकङ, कुवेत, मलेसिया र चीन प्रतियोगितामा छन् । 

२० ओभरको यो प्रतियोगितालाई आईसीसीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने महिला टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा आयोजना हुने एक दिवसीय  विश्वकप दुवैको एसियाली छनोट प्रतियोगिताका रूपमा लिएको छ। 

सिंगल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने छनोट प्रतियोगितामार्फत शीर्ष स्थानमा रहने एक टोली मात्रै यी दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य हो : सुवेदी ८.१४ अंकले घट्यो नेप्से परिसूचक मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक युवक पक्राउ करको दर थाहा नभई त्यो गाडीहरु कसरी आयो ? : सांसद शाही संसद्का सबै नियम परिपलाना गरेर बैठक चलाउनुपर्छ : हर्कराज राई सुनचाँदीको मूल्य घट्यो यदि कसैलाई नियतमा शङ्का छ भने छानबिन समिति बनाएर अध्ययन गर्दा हुन्छ: अर्थमन्त्री वाग्ले