2026-10-18 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री

2026-06-12

काठमाडौँ | नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको बजेट र अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन् । राष्ट्रियसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा झाक्रीले अर्थमन्त्री डा.वाग्लेका अभिव्यक्ति विरोधाभासपूर्ण रहेको र तथ्याङ्कगत यथार्थलाई लुकाउन खोजेको आरोप लगाइन् । झाँक्रीले सरकारका गतिविधिहरू ‘छलकपटपूर्ण’ रहेको आरोप लगाइन् ।

अर्थमन्त्री डा.वाग्लेले यसअघि बोलेका कुरा र अहिलेको व्यवहारमा ठुलो खाडल देखिएको बताइन् । ‘अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्,’ झाक्रीले भनिन्, ‘अहिले ऋण लिनुलाई ‘अनिवार्य सर्त’ का रूपमा व्याख्या गरे । उनको भनाइ र गराइमा एकरूपता देखिएन । उनले मन्त्री नहुँदा ऋण लिएर व्यक्तिले खल्तीमा हाले भन्ने अर्थमन्त्रीले अहिले ऋण लिनुलाई अनिवार्य सर्त भन्न नसुहाउने बताइन् । ‘अर्थमन्त्री आज ऋण बिना राज्य चल्दैन भन्दै हुनुहुन्छ । अर्थमन्त्रीले विगतमा ऋण लिनुलाई गलत भन्ने गरेको तर अहिले ‘ऋण अनिवार्य सर्त हो’ भन्नुलाई मेरो आमाको ‘डोमेस्टिक अर्थशास्त्र’ले पनि यस्तो उल्टो कुरा बुझ्दैन,’ उनले भनिन् ।

झाँक्रीले आफूलाई नयाँ भन्ने शक्ति र पात्रहरूले बाहिर ठिकठाक छ भनिरहे पनि व्यवहारमा बेथिति मौलाएको टिप्पणी गरिन् । उनले अर्थमन्त्रीलाई योजना आयोगको सदस्य र उपाध्यक्ष भइसकेको व्यक्ति कसरी नयाँ हुन सक्छ भन्दै प्रश्न पनि गरिन् । रास्वपाका सांसद र मन्त्रीहरूलाई आफ्नो विगत हेर्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु