पढ्न करिब 2 मिनेट लाग्छ

फागुन ७, काठमाडौं । धनुषामा ११ वर्षीया बालिकालाई बलात्कार गरेर जलाउने मुख्य अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा निरज जर्घामगर (हाम्ली डन) रहेको प्रहरीले जनाएको छ । जर्घामगरलाई जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो । धनुषाको

गत फागुन २ गते विहान मिथिला नपरपालिका–३ मगर टोलस्थित उखुबारीमा स्थानीय ११ वर्षीया बालिका दुतिया रसाईलीको शव उखुबारीमा नग्न अवस्थामा जलाएर छाडिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार स्थानीय इन्द्र बुर्जा मगरको छोरीको बिहेभोजमा गएकी बालिका दुतियालाई निरजले बलात्कारपछि घाँटी थिचि हत्या गरेर जलाएका थिए ।

धनुषाको बटेश्वर–४ बैगाली टोल बस्दै आएका निरज जर्गामगरलाई सोमबार प्रहरीले धनुषाको बिदेह नगरपलिका–२ दुहबीटोलबाट पक्राउ गरेको हो । २२ वर्षीय जर्गामगर हाउस पेन्ट, खसाली तथा लेवर काम गर्दै आएका थिए ।

गाउँमा भएको बिहेभोज सकिएपछि गाउँलेहरु नाचगानमा लागेको बेला निरज जर्गामगरले दुतिया रसाईलीलाई चाउचाउ र फ्रुटी खुवाएर फकाएको प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन् ।

बोल्न नसक्ने दुतियालाई बलात्कार गरेको पोल खुल्ने डरले हत्या गरेपछि प्रमाण नष्ट गर्न फेली जलाउने सम्मको हर्कत गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निरजले शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर लाईटरले आगो लगाएका थिए ।

अभियुक्त निरज जर्गामगर यसअघि विभिन्न चोरीका घट्नामन संलग्न रहेका थिए । प्रहरीका अनुसार निरज लागूऔषध सेवनकर्ता समेत हुन् ।